८ असार २०८३, सोमबार
,
Latest
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते उपभोक्ता मूल्य सूचकाङ्क सङ्कलन राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने ठूला अस्पतालमा बर्न युनिट सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने फक्ताङलुङमा पहिरो जाँदा दुई घरमा क्षति काठमाडौं महानगरका ५३ शिक्षक–शिक्षिकाले लिए स्काउट मास्टर आधारभूत तालिम पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रास्वपाको बन्द सत्र स्थगित, प्रतिनिधि विवाद टुंग्याउन छलफल जारी जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण ट्रक महासंघसहित यातायात व्यवसायीको माग सम्बोधन, एलसी खोलिएका सवारी दर्ता हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेरोजगारी भत्ता लिने अमेरिकीहरुको संख्यामा सामान्य वृद्धि



अ+ अ-

वासिङ्टन । संयुक्तराज्य अमेरिकामा गत साता बेरोजगारी भत्ता लिने दरमा सामान्य वृद्धि भएको अमेरिकी श्रम विभागले जनाएको छ । विभागका अनुसार अगस्ट २४ सम्ममा अमेरिकामा बेरोजगारी भत्ताका लागि दाबी गर्नेहरुको संख्या चार हजारले वृद्धि भई दुई लाख १५ हजार पुगेको छ । यहीबीच, अघिल्लो साता बेरोजगारी भत्ताका लागि दाबी गर्नेहरुको संख्याको संशोधित संख्या दुई हजारले वृद्धि भई दुई लाख ११ हजार पुगेको विभागको भनाई छ ।

संयुक्तराज्य अमेरिकामा बेरोजगारी मापनको प्रमुख सूचक मानिएको यस तथ्याँकले रोजगारी गुमाउनेको संख्यामा वृद्धि नभएको देखाएको छ । अमेरिकामा बेरोजगारी भत्ता लिनेहरुको संख्या तीन लाखभन्दा कम रहेकाले अमेरिकी श्रम बजार निकै प्रतिस्पर्धी रहेको विभागको अनुमान छ ।

अमेरिकी श्रम बजारमा रोजगारदाताहरुले जुलाई महिनामा मात्र एक लाख ६४ हजार नयाँ रोजगारी सिर्जना गर्न सफल भएका छन् । विभागका अनुसार अमेरिकी बेरोजगारी दर ३.७ प्रतिशतको हाराहारीमा रहेको छ । विभागले अगस्ट महिनाको बेरोजगारी दरसम्बन्धी प्रतिवेदन आगामी सेप्टेम्बर ६ मा सार्वजनिक गर्दैछ ।