८ असार २०८३, सोमबार
,
Latest
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते उपभोक्ता मूल्य सूचकाङ्क सङ्कलन राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने ठूला अस्पतालमा बर्न युनिट सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने फक्ताङलुङमा पहिरो जाँदा दुई घरमा क्षति काठमाडौं महानगरका ५३ शिक्षक–शिक्षिकाले लिए स्काउट मास्टर आधारभूत तालिम पूर्वअर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रास्वपाको बन्द सत्र स्थगित, प्रतिनिधि विवाद टुंग्याउन छलफल जारी जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण ट्रक महासंघसहित यातायात व्यवसायीको माग सम्बोधन, एलसी खोलिएका सवारी दर्ता हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

तीन हजार गाँजाको बोट नष्ट



अ+ अ-

गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले गोरखा नगरपालिका–८ र ६ मा रहेका तीन हजार गाँजाको बोट फडानी गरेको छ । अवैधरुपमा रहेका गाँजा प्रहरी र स्थानीयवासीको अगुवाइमा फडानी गरिएको गोरखाका प्रहरी उपरीक्षक (एसपी) ओम अधिकारीले जानकारी दिए ।

प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्लाभर रहेका गाँजाका बोट नष्ट गर्ने अभियानमा जुटेको प्रहरीले वडा नं ६ को ढाँटगाउँ र ८ स्थित रानीवनमा बिहीबार गाँजा फडानी गरेको हो । लागुऔषधविरुद्ध प्रहरीको अभियानअन्तर्गत जिल्लामा गाँजा फडानीको काम तीव्र पारिएको उनले बताए ।

लागुऔषधविरुद्धको जनचेतनामूलक अभियान तथा दण्डात्मक कार्यक्रमअन्तर्गत स्थानीयवासीसमेतलाई सहभागी गराएर अभियान सञ्चालन गरिएको हो । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सामुदायिक सेवा केन्द्र गोरखासँग साझेदारी गरेर जिल्लाभर नै लागुऔषधविरुद्धको कार्यक्रम सञ्चालन भइरहेको छ ।

उनले यो अभियान निरन्तर चल्ने भन्दै अबदेखि जसको जमीनमा गाँजाखेती गरिएको उसलाई कानूनी कारवाहीसमेत गर्ने बताए ।