८ असार २०८३, सोमबार
,
Latest
सञ्चारमन्त्री तिमिल्सिनाद्धारा रासस चितवनको निरिक्षण सरकारले खरिद प्रक्रिया अगाडि नबढाउँदा ५ लाख एन्टीरेबिज भ्याक्सिन खोप आउन सकेन मनसुन चार प्रदेशमा विस्तार, नेपालमा यस वर्ष ६ दिन ढिलो प्रवेश प्रधानमन्त्रीद्वारा सौराहाको हात्ती प्रजनन केन्द्रको निरीक्षण रास्वपा महाधिवेशन एक दिन लम्बिने, मनिष झाद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा श्रीलङ्काको निर्यात चार महिनामा छ प्रतिशतले वृद्धि सार्वजनिक बेथितीविरुद्ध आवाज उठाउने जेनजी युवा खड्का पक्राउ रुकुममा माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड कतारको रास लाफानमा विस्फोटः १८ जना बेपत्ता, ५४ जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

बस दुर्घटनामा बङ्लादेशमा ८ जनाको मृत्यु, १८ घाइते



अ+ अ-

ढाका । बङ्लादेशमा भएको सवारी दुर्घटनामा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ । देशको मध्य भागमा पर्ने फरिदपुर जिल्लामा शनिबार भएको दुर्घटनामा परी अरु १८ जना घाइते भएको अधिकारीहरुले जनाएका छन् । फरिदपुरको कोतवाली प्रहरी कार्यालयका प्रमुख एफएम नसिमले राजधानी ढाका र दक्षिणी खुल्ना क्षेत्रीय शहरलाई जोड्ने सडकमा दुर्घटना भएको पत्रकारहरुलाई जानकारी दिए ।

स्थानीय समय अनुसार दिउँसो २ बजेतिर दुर्घटना भएको उनले बताए । उनका अनुसार मोटरसाइकललाई बाटो दिन लाग्दा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएकाहरु सबैलाई अस्पताल लगिएको छ । मृत्यु भएकामध्ये दुई जनाको अस्पतालमै मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

बङ्लादेशमा सडक दुर्घटनामा मृृत्यु हुनेको संख्या बर्सेनि धेरै रहेको छ । सडकको खराब अवस्था, पर्याप्त मर्मत नगरिएका सवारी साधन, ट्राफिक नियमको उल्लंघन, चालकको लापरवाही लगायतका कारणले दुर्घटना धेरै हुने गरेको जानकारहरु बताउँछन् ।