८ असार २०८३, सोमबार
,
Latest
कतारको रास लाफानमा विस्फोटः १८ जना बेपत्ता, ५४ जना घाइते समावेशी पक्षमा रास्वपाको जोडः मधेसी समुदाय खुसी तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना रास्वपा महाधिवेशनमा भोजन तालिकाः बिहान खसीको मासु–भात र बेलुका मिक्स भेज तरकारी नारायणी अस्पतालमा ‘हिमोफिलिया उपचार केन्द्र’ सञ्चालनमा बागलुङकाे तमानखोला गाउँपालिकामा बाझो जमिनमा स्याउखेती इरान–अमेरिका वार्ताको पहिलो चरण सम्पन्न, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्यापमा सहमति काभ्रेपलाञ्चोकमा दुई टिपरमा च्यापिएर युवकको मृत्यु नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको आज दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने ५९ ड्रोन खसालिएपछि मस्कोका चार विमानस्थल केही समय बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द समूहका इन्चार्ज पक्राउ



अ+ अ-

कास्की । नेत्रविक्रम चन्द समूहका जिल्ला इन्चार्ज रुपेश भनिने कृष्ण वाग्लेलाई प्रहरीले पक्राउ गरेको छ । सो समूहका जिल्ला इन्चार्जसहित दुई जनालाई आज बिहान ८ः०० बजे पोखरा महानगरपालिका–२७ शिसुवाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

पक्राउ परेका अर्का एक जनाको परिचय खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ । वाग्ले तनहुँबाट केही हप्ताअघि मात्र सो समूहको जिल्ला इन्चार्जको जिम्मेवारी लिएर यहाँ खटिएका बुझिएको छ । पक्राउ परेकाका बारेमा अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

सो समूहका जिल्ला सेक्रेटरी सुजन विकसमेत गत महीना पक्राउ परिसकेका छन् ।