८ असार २०८३, सोमबार
,
Latest
सुनचाँदीको मूल्यमा वृद्धि, साेमबार कतिमा हुँदैछ कारोबार ? प्रतिनिधि नामावली सच्याउन ढिलाइ हुँदा रास्वपा महाधिवेशनको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेन दृष्टिविहिनद्वारा सरकारविरुद्ध आन्दोलन सुरू, सडकमा धरपक्कड र जब्बरजस्ती गरेकोमा आक्रोशित तनहुँमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन स्विट्जरल्यान्डमा इरान–अमेरिका वार्ता सुरु, हर्मुज खुला राख्न प्रारम्भिक सहमति पूर्वमन्त्री एवं कांग्रेस नेता खरेलको पार्थिव शरीर सानेपामा ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव गोलाप्रथा संविधानअनुकूल छैन, विषयगत विज्ञताका आधारमा मुद्दा तोकिनुपर्छ : पूर्वप्रधानन्यायाधीश पराजुली
तपाईं के खोज्दै हुनुहुन्छ ?

झुटो विवरण पेश गरी नागरिकता लिने पक्राउ



अ+ अ-

धादिङ । झुटो विवरण पेश गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको बेनीघाटरोराङ गाउँपालिका–१० का बुद्धिबहादुर प्रजा रहेका छन् । पक्राउ पर्ने अर्को व्यक्तिको वास्तविक ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ ।

सुकदेउ प्रजा र हीरामाया प्रजाका ५१ वर्षीय छोरा बुद्धिबहादुर प्रजाले आफ्नो भाइ बनाएर अर्कै व्यक्तिलाई प्रेमबहादुर प्रजाको नाममा नागरिकता दिलाएको आरोपमा पक्राउ परेका दुबै जनालाई हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताउनुभयो ।

वडा कार्यालयको सिफारिशका आधारमा जिल्ला प्रशासन कार्यालयले नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको थियो । वडाध्यक्ष अमरबहादुर गुरुङले आफू नभएको बेला वडा कर्मचारीले सिफारिश लेखिदिएको र सही गर्ने बेलामा शंका लागेर सोधपुछ गर्दा छिमेकीले समेत बुद्धि बहादुरको भाइ हो भनेकाले सिफारिश गरेको बताउनुभयो ।

बुद्धिबहादुर प्रजासँग प्रहरीले झुक्याएर नागरिकता लिएका व्यक्तिको विवरण खुलाएको छैन । कीर्ते नागरिकता लिने व्यक्तिको परिचय खुलाउन नसकिएको प्रहरी उपरीक्षक बैदवारको भनाइ छ । पक्राउ परेकाहरुबाट नागरिकता र कागजात कीर्तेसम्बन्धी मुद्दामा अनुसन्धान शुरु गरिएको र यस घटनासँग जोडिएका सबै पक्षहरुलाई अनुसन्धानको दायरामा ल्याइने गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अनुसन्धानबाट झुक्याएर नागरिकता लिएको प्रमाणित भएमा बेनिघाटरोराङ गाउँपालिका–१० का प्रेमबहादुर चेपाङको नाममा जारी भएको नागरिकता प्रमाणपत्र खारेज गरिने प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बताउनुभयो ।