२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

दयाहाङको चलचित्र ‘दयारानी’को प्रदर्शन मिति फेरि सर्यो



अ+ अ-

अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुन अभिनित चलचित्र ‘दयारानी’को प्रदर्शन मिति फेरि सरेको छ । सुरुमा १० जेठबाट आउने भनिएको यो फिल्म सरेर साउन ३० पुगेको थियो । तर अहिले पनि यो मितिबाट सरेर फिल्म फागुन ९ मा पुगेको हो ।


यो मितिमा पहिले नै चलचित्र ‘आमा र लप्पन छप्पन २’ले प्रदर्शन मिति तय गरिसकेका छन् ।

यो चलचित्रलाई माओत्से गुरुङले निर्देशन गरेका हुन् । उनले, छायांकन नै नभएका चलचित्रले रिलिज मिति तोकिददा अरुलाई समस्या भएको बताएका छन् ।यो चलचित्रले खराब श्रीमान् र दयालु श्रीमतीको कथालाई पर्दामा प्रस्तुत गर्नेछ ।

फिल्ममा दया र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायतका कलाकारहरुको अभिनय छ ।


चलचित्रलाई शैलेन्द्र डि. कार्कीले खिचेका हुन् । यसमा रामबाबु गुरुङ र अपिल विष्ट कार्यकारी निर्मातामा छन् । लगानीमा मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्य छ ।