७ असार २०८३, आईतवार
,
Latest
सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ अख्तियारबारे प्रधानमन्त्री साहः पाँच घण्टा मात्रै किन, आवश्यक परे पाँच वर्षै सोधपुछ गर्छौं रास्वपालाई गगनले भने–तपाईं उभिनुभएको भूमिमा प्रजातन्त्रका लागि लडेका शहीदहरूको रगत लतपतिएको छ भन्ने नबिर्सिनुस् काँग्रेस–एमालेलाई रविको आाग्रह–पार्टीभित्र देखिएका विवादहरु सुल्झाउनुस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीबाट बारामा तीन करोडको माछा नष्ट



अ+ अ-

पर्सा । असारको अन्तिम साता आएको बाढीबाट बारा जिल्लास्थित माछा सुपरजोनमा रु तीन करोड ३० लाख २४ हजार ७१३ मूल्य बराबरको माछा नष्ट भएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम लागू भएको बारा जिल्लाको सिमौनगढ नगरपालिका, पचरौता नगरपालिका, आदर्शकोतवाल गाउँपालिका, महागढीमाई नगरपालिका, देवताल गाउँपालिका तथा सुवर्ण गाउँपालिकाको विभिन्न वडामा रहेको माछापोखरीमा बाढीको पानी पस्दा सो मूल्य बराबरको माछा क्षति भएको वरिष्ठ कृषि अधिकृत गणेश मिश्रले बताए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यक्रम अन्तर्गत माछा सुपरजोनका ८२ दशमलव १ हेक्टर क्षेत्रफल बाढीले कटान गरेको थियो । माछाको उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले सङ्घीय सरकारले आर्थिक वर्ष २०७३÷०७४ सालदेखि यस जिल्लामा उक्त कार्यक्रम लागू गरेको हो । सो कार्यक्रमलाई अझ प्रभावकारी रुपमा अगाडि बढाउन सरकारले आर्थिक वर्ष २०७६÷७७ का लागि दुई करोड रु ९३ लाख ८२ हजार बजेट विनियोजन गरेको छ । जसअन्तर्गत ४० हेक्टर क्षेत्रफलमा नयाँ पोखरी निर्माण गर्नाका साथै साना सिँचाई लगायतका काम गरिने सो कार्यालयले जनाएको छ ।