७ असार २०८३, आईतवार
,
Latest
रास्वपाको प्रथम महाधिवेशनले सौराहा–भरतपुरका होटल भरिभराउ रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन पुगे सभापति थापा कैलालीमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम किसानलाई प्रविधिसँगै जोड्दै रास्वपा महाधिवेशनको माहौल- फोटोफिचर रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा बाग्लुङकाे भुजीखोला पुल निर्माण अनिश्चित मुसहर बस्तीका महिलाको जीवनमा परिवर्तन: साबुन उद्योगबाट आत्मनिर्भरता योगाभ्याससहित मनाइयो अन्तरराष्ट्रिय योग दिवस उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रदीप ज्ञवाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाघमारामा फस्टाउँदै लहरे तरकारी



अ+ अ-

पोखरा । चार दशक अघिसम्म बाघमाराको मास र पिडालु कास्कीमा मात्र नभई असापासका जिल्लामा पनि प्रसिद्ध थियो । छिटै पाक्ने, स्वादिलो यहाँको मास तथा पिंडालुको माग त्यो समयमा नै हुने गर्दथ्यो ।

“यहाँ उत्पादन हुने मासको दाल तथा पिंडालु किन्न त्यतिबेला टाढाटाढाबाट मानिस आउने गर्दथे”, “करीब ५० वर्षअघिको अनुभव सुनाउँदै ६५ वर्षीय देवीलाल आचार्यले बताए ।” त्यो बेला यहाँको मास एक पाथीको तीन रुपैयाँमा बिक्री हुने गरेको उनले जानकारी दिए ।

झण्डै डेढ दशकयता बाघमारामा दाल तथा पिंडालुको सट्टा गोलभेंडा खेतीले किसानलाई आकर्षित गरेको छ । करीब विसं २०४५÷४६ पछि गोलभेडा खेती यहाँको विशिष्ट पहिचान नै बन्यो । यहाँको गोलभेंडा कास्की जिल्लामा मात्र नभएर स्याङ्जा, तनहूँका साथै प्रमुख शहर बुटवल, काठमाडौँलगायतका स्थानमा निर्यात हुने गरेको थियो ।

अगुवा कृषक पुष्पराज पौडेलका अनुसार गोलभेंडा उत्पादनको त्यस समयमा बाघमारामा कृषकहरूले निकै राम्रो आम्दानी गरेका थिए । गोलभेंडा खेती पनि विस्थापित बन्दै गएपछि पछिल्लो डेढ दशक यता यहाँका कृषकहरू लहरे तरकारीतर्फ आकर्षित बनेको उनले जानकारी दिए ।

झण्डै डेढ दशक देशव्यापी ख्याति कमाएको यहाँको गोलभेंडा विसं २०५५÷५६ पछि क्रमशः कम हुँदै गएपछि २०६० साल यता लहरे खेतीतर्फ आकर्षण बढेको हो । लहरेखेतीतर्फको आकर्षणसँगै कृषकलाई थप प्रोत्साहित गर्न पछिल्लो समयमा सरकारी तबरबाट पनि यस क्षेत्रमा चासो दिइएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तरकारी सुपरजोन पोखराले यसै वर्षदेखि यहाँको लहरे तरकारीमा सहयोग शुरु गरेको छ ।पौडेलका अनुसार यहाँका २१ जना कृषकले २१ रोपनी क्षेत्रफलमा लगाएको करेला, फर्सी र घिरौंलाका लागि परियोजनाअन्तर्गत पानी ट्याङ्की, मोटर, पाइप आदिमा ८५ प्रतिशत अनुदान सहयोग उपलब्ध गराइएको छ ।

“मैले करीब चार रोपनी क्षेत्रफलको जग्गामा लहरे तरकारी लगाएको छु, यतिखेर बारीमा लटरम्म करेला फलेका छन्”, पौडेलले भने । यहाँबाट बिहान तीन बजेदेखि नै सवारीसाधनमा राखी तरकारी पोखरामा पुर्याउने व्यवस्था गरिएको छ ।

पछिल्ला वर्षमा मौसममा आइरहेको परिवर्तन लगायतका कारणबाट ठाउँठाउँमा खेती एकपछि अर्को गर्दै फेरिने क्रम बढेको मालेपाटन कृषि अनुसन्धान केन्द्र, पोखराका कृषि वैज्ञानिक श्यामप्रसाद पौडेलले जानकारी दिए ।