७ असार २०८३, आईतवार
,
Latest
उत्तरी थाइल्याण्डमा रेलवे सुरुङ निर्माणका क्रममा दुर्घटना, दुईको मृत्यु रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रदीप ज्ञवाली रास्वपाको महाधिवेशनमा विचार र संस्थालाई प्राथमिकता दिन पूर्व महामन्त्री ढकालको आग्रह रास्वपाको महाधिवेशन: व्यवस्थापनमा र्‍याट र बाउन्सर, सुरक्षामा नेपाल प्रहरी दीपक बोहराद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपाको केन्द्रीय सदस्यमा राहुल केसीले उम्मेदवारी दिने क्रियाशील दलित पत्रकार सङ्घको अध्यक्षमा प्रकाश धौलाकोटी सर्वसम्मत चयन अष्ट्रेलियाले इन्धन अन्तःशुल्क कटौतीको अवधि एक महिना थप गर्‍यो नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेटफ्लिक्सले भारतमा सस्तो खालको ‘मोबाइल–ओन्ली’ योजना अघि सार्यो



अ+ अ-

काठमाडौं । अनलाइन भिडियो स्ट्रिमिङ कम्पनी नेटफ्लिक्सले सन् २०१६ देखि विश्वभरका एक सय ९० मुलुकमा आफ्नो सेवा विस्तार गरेपछि यसले आफ्नो दबदबा हृवात्तै बढाएको छ  । गतवर्ष मात्रै नेटफ्लिक्सले झन्डै २२ अर्ब डलर सिरिज र फिल्म उत्पादनका लागि खर्च गरेको थियो ।

क्लालिफोर्नियामा मुख्यालय रहेको नेटफ्लिक्सले पछिल्लो समय यसले आफ्नै मुलुक अमेरिकामा बजार गुमाइरहेको छ ।

उसले भारतमा सस्तो खालको ‘मोबाइल–ओन्ली’ योजना अघि सारेको छ । उक्त योजनापछि भारतीयले प्रतिमहिना दुई सय भारु तिरेपछि मोबाइलमा नेटफ्लिक्सका सिरिज र फिल्महरू हेर्न पाउने छन् ।

भारतकै भिडियो स्ट्रिमिङ कम्पनी हटस्टारले ३० करोड सक्रिय सदस्य बनाइसकेको छ । नेटफ्लिक्सको अपेक्षित ग्राहक बढ्न नसक्नुमा यसले लिने चर्को दस्तुरलाई कारक मानिएको छ ।

भारतीय कन्सल्टिङ फर्म पिडब्लुसीका राजीव वसु भन्छन्, ‘भारत भनेको मूल्यका मामिलामा निकै संवेदनशील बजार हो । नेटफ्लिक्सले केवल सीमित वर्गलाई मात्रै लक्षित गर्‍यो । जो सम्पन्न र शिक्षित वर्गका छन्,जसले विश्वव्यापी विषयवस्तुमा जानकारी राख्छन्, तिनका लागि मात्रै ध्यान दियो ।

यतिबेला भने नेटफ्लिक्सले भारतलाई आफ्नो टार्गेट मार्केटका रूपमा विकास गर्न खोजिरहेको छ । विश्वभर पाँच देशमा मात्रै आफ्नो कार्यालय खोलेको नेटफ्लिक्सले त्यसमा एक भारतलाई पनि पारेको छ ।

भारतमा स्मार्टफोन प्रयोगकर्ताको संख्या उच्च छ । फाइभ जीको आगमनपछि मोबाइलमै फिल्म वा सिरिजजस्ता भिडियो हेर्नेको संख्यामा पनि बढोत्तरी हुने अनुमानसहित नेटफ्लिक्सले ‘मोबाइल ओन्ली’ को अवधारणा ल्याएको हो ।