७ असार २०८३, आईतवार
,
Latest
क्रियाशील दलित पत्रकार सङ्घको अध्यक्षमा प्रकाश धौलाकोटी सर्वसम्मत चयन अष्ट्रेलियाले इन्धन अन्तःशुल्क कटौतीको अवधि एक महिना थप गर्‍यो नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ट्युनिसियाविरुद्ध जापान ४–० गोलले विजयी योगले मानव जीवनलाई स्वस्थ र तनावमुक्त बनाउँछः मुख्यमन्त्री पाण्डे रास्वपाको प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुगे राप्रपा अध्यक्ष लिङ्देन रास्वपाको प्रथम महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन शाह म्युनिसिपल कन्फरेन्समा सहभागी हुन कार्यवाहक प्रमुख डंगोल इजरायल प्रस्थान रास्वपाको महाधिवेशनमा कांग्रेस सभापति गगन थापा सहभागी हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

११ सय बिघा जमिन हडप्न भूमाफियाले चलखेल गरिरहेछन्– स्वर्गद्वारी आश्रम



अ+ अ-

काठमाडौं । स्वर्गद्वारी आश्रमको जग्गा भूमाफियाको योजना अनुसार केही राजनीतिक दलका नेता, विचौलिया र टाठाबाठा मिलेर हडप्न खोजेको खुलासा भएको छ । रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी श्री स्वर्गद्वारी आश्रम प्युठानले जग्गा हडप्ने योजना अनुसार गुठी विधयेकमा गम्भीर विषयहरु समावेश गरिएको समेत बताएको छ ।

श्री स्वर्गद्वारी आश्रमका सचिव ध्रुवश्रीले जग्गामा भूमाफियाको आँखा लागेर हडप्ने गतिविधि भइरहेको बताए । उनले भने,‘स्वर्गद्वारी आश्रम जस्तो पवित्र थलोलाई बदनाम गराउनेहरुको खतरनाक योजना छ ।’ २०५८ सालबाट नै राजगुठी बनाउने र जग्गा हडप्ने खेल शुरु भएको जानकारी दिइयो । स्वर्गद्वारी आश्रमले यसलाई रोकेपछि यसका विरुद्ध राजनीतिक दलका जिम्मेवार नेताहरु नै लागेको बताए । स्वर्गद्वारी नेपालभित्र र बाहिरका हिन्दुहरुको पवित्र तीर्थस्थल भएकाले यसमाथि प्रहार गर्नेहरुबाट सरकार र आम नागरिक सचेत हुनुपर्नेमा जोड दिए ।

पत्रकार सम्मेलनमा सरकारले आश्रमको जग्गा जोगाउन लाग्नुपर्नेमा उल्टै भूमाफियालाई सघाउ पुग्ने गतिविधि गरिरहेको आरोप लगाए । सरकारकै गतिविधि ठिक नभएको भन्दै यसप्रति दुःख लागेको बताए । बाहिरबाट देख्दा स्वर्गद्वारीको जग्गा धेरै भनिएपनि अधिकांशले आश्रमलाई तिर्नुपर्ने कुत नतिरिरहेको बताए । कुत नतिर्दा आश्रम संचालनमा कठिनाई भइरहेको बताए ।

आश्रमको आफ्नै जग्गाजमिनको लालपूर्जाको प्रमाण रहेको बताए । आश्रम स्थापना गर्ने श्रीमहाप्रभुले विभिन्न व्यक्तिहरुसँग जग्गा खरिद गरी स्वर्गद्वारी आश्रम बनाएको बताए । उनले भने,‘कसैको जग्गा हडपेको होइन, खरिद गरिएको हो ।’ २०३० सालयता १२ सय बिघा जमिनको लालपूर्जा आफूहरुसँग रहेको बताए ।

दाङसहित ११ सय बिघाहा जग्गामध्ये सम्पूर्ण मौजामा २८९ जना मोही रहेको र प्रतिवर्ष आश्रमलाई प्राप्त हुनुपर्ने धान १८१५ क्विन्टलमध्ये निकै कममात्र प्राप्त हुनआएको उल्लेख गरिएको छ । मौजाको कुत नतिर्न केही राजनीतिक दलका नेताले चलखेल गरिरहेको समेत उल्लेख गरिएको छ । वार्षिक ६ करोड खर्च हुने स्वर्गद्वारी आश्रम संचालनमा निकै कठिनाई भइरहेको बताए । दुई लाखभन्दा बढी भारतीय भक्तजनहरुको दानदक्षिणाबाट आश्रमले भरथेग पाइरहेको जानकारी दिइयो ।

विं सं १९८३ सालदेखि १९८३ सालसम्म दाङको दउेखुरी स्वर्गद्धारीका नाममा जग्गा किन्न सुरु गरेको र जग्गाको लालपुर्जा सुरक्षित रहको कुरा कार्यक्रमका आयोजक धुव्र सिंहले बताए । कार्यक्रममा उनले २०६४ सालसम्म सबै माहीहरुले जग्गाको आयस्ता बुझाउदै आएका र २०६० साल पछाडी ४० प्रतिशत मोहीले मात्र आयस्रोत बुझाएको बताए ।