७ असार २०८३, आईतवार
,
Latest
दीपक बोहराद्वारा रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपाको केन्द्रीय सदस्यमा राहुल केसीले उम्मेदवारी दिने क्रियाशील दलित पत्रकार सङ्घको अध्यक्षमा प्रकाश धौलाकोटी सर्वसम्मत चयन अष्ट्रेलियाले इन्धन अन्तःशुल्क कटौतीको अवधि एक महिना थप गर्‍यो नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह सुनचाँदीको मूल्यमा सामान्य वृद्धि ट्युनिसियाविरुद्ध जापान ४–० गोलले विजयी योगले मानव जीवनलाई स्वस्थ र तनावमुक्त बनाउँछः मुख्यमन्त्री पाण्डे रास्वपाको प्रथम महाधिवेशनमा सहभागी हुन चितवन पुगे राप्रपा अध्यक्ष लिङ्देन रास्वपाको प्रथम महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाग्रेभमा छ जनाको हत्या



अ+ अ-

जाग्रेभ । क्रोएसियाको राजधानी जाग्रेभमा एक जना शंकास्पद व्यक्तिले बिहीबार राति गोली हानी एकै परिवारका छ जनाको हत्या गरेको प्रहरीले जनाएको छ ।

गोली चलाउने व्यक्तिले पनि आत्महत्या गरेको प्रहरीको भनाई छ । स्थानीय सञ्चार माध्यमहरुका अनुसार ती शंकास्पद व्यक्तिले पूर्व प्रेमिका र एक बालक सहित उनको परिवारका चार जनालाई गोली हानी हत्या गरेका थिए ।

प्रहरीले मृत्यु भएकाहरुमा दुई पुरुष, तीन महिला र एक बालक रहेको जनाएको छ । त्यही भवनमा भेटिएका अर्का एक बालक भने सुरक्षित भेटिएका थिए ।