नेपालका विविध घटनाक्रम तिब्र रूपमा अघि बढिरहेका छन् । प्रस्तुत छ नेपाली जनजीवनका केही तस्वीरहरू । स्राेतः रासस

पुनःनिर्माण हुँदै दशरथ रङ्गशालाः विसं २०७२ को भूकम्पका कारण क्षतिग्रस्त भएको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशाला पुनःनिर्माण हुँदै । नेपालले सन २०१९ मा आयोजना गर्न लागेको १३ औँ दक्षिण एशियाली खेलकूद प्रतियोगितालाई लक्ष्य राखि पुनःनिर्माण कार्य तिव्र गतिमा भइरहेको छ । तस्वीर: नवीन पौडेल 
हरियाली खेतको फाँट संगैको बजारः बागलुङ जिल्लाको गलकोट नगरपालिका १ दुदिलाभाटीस्थित समयमानै वर्षात भएपछि यहाँका किसानले असार महिनामा रोपेको धानले खेतको फाँट हरियाली बनाएको छ । तस्वीरः खेमराज 
कास्कीः निर्माणाधीन फुटबल स्टेडियममा काम गर्दैै कामदार पोखरा रङगशालाभित्र निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको फुटबल स्टेडियममा काम गर्दैै कामदार । तस्वीरः कृष्ण दवाडी 
घोप्टेखोलामा जोखिम मोलेर यात्रा गर्दै यात्रुः बेसीशहर चामे सडकखण्डस्थित मस्र्याङदी गाउँपालिका–४ ताघ्रिङको घोप्टेखोलामा आएको बाढीले हिमपाइप बगाएपछि खोलामाथि काठ राखेर जोखिम मोलेर यात्रा गर्न वाध्य यात्रु । तस्बिरः जनक श्रेष्ठ 
दृश्यावलोकन गर्दै आन्तरिक पर्यटक काभ्रेपलाञ्चोकको पर्यटकीय क्षेत्र मण्डनदेउपुर नगरपालिका २ नगरकोटस्थित होटलको छतबाट आइृतवार विहान मण्डनदेउपुर वेशीको दृश्यावलोकन गर्दै आन्तरिक पर्यटक । तस्वीरः पेमा लामा 
वातावरण संरक्षणका लागि १०८ बरपिपल रोप्ने तयारी गर्दै । म्याग्दीः म्याग्दीको बेनी नगरपालिका वडा नं ६ चुत्रेनीमा लायन्स क्लव अफ बेनी पिस सिटीले १०८ बरपिपलका बिरुवा रोप्ने तयारी गर्दै क्लवका पदाधिकारी । तस्वीर: ध्रुबसागर शर्मा












