२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कविता: ओछ्यान



अ+ अ-

अन्तिम प्रहारले
जीवन समाप्त ।

चिसो ओठमा
अब किनेको
तातो गन्हाउने श्वास बोकको
मुख आउने छैन ।

बचनका बाँडहरु
तिरस्कारका भावनाहरु
मुटुमा हान्यौ ।
हात मुख बन्द गरेर
कोठामा बाधेर राख्यौं
आशुको धरौटीमा ।

अनगिन्ति मागहरु
भोक संग सम्झौता गराएर
हरेक पटक
दिनु र लिनुको हिसाब किताब
चुपचाप पठाई नै रहे

This image has an empty alt attribute; its file name is image-1.png

देवी प्रसाद प्याकुरेल


पहिले नगद,गाडी,तेल,
अनि लाज ढाक्ने कपडा
अनि मान्छे
र मान्छे सुत्ने बिच्छयौना ।

एउटा प्रमाण पत्रमा
सिङ्गो जिवनको अंक दिएर
मृत्यु पत्रमा हस्ताक्षर गर्न
आतुर ति हातहरु,
आज चितामा आगो बोकेर
धुवा बनाउदैछन जिवनलाई ।

अरुले दिएको हावाले श्वास फेर्नेहरु
अब मर्नेछन ,
अरुले दिएको अन्नले भोक मेटाउनेहरु
अब मर्नेछन ।
आफुले लिएर थुप्रो लगाउनेहरु
एक दिन त्यँही थुप्रोमा बसेर
भिख माग्ने छन ,
मलाई दिनुहोस ।
मलाई दिनुहोस ।

देवी प्रसाद प्याकुरेल
सुनसरी, हाल दाङ्ग