६ असार २०८३, शनिबार
,
Latest
‘लागूऔषध नियन्त्रणमा नागरिकको सहभागिता आवश्यक छ’ बर्ड फ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा रास्वपा महाधिवेशनः चिकित्सकसहित तीन एम्बुलेन्स तयारी अवस्थामा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन (फोटो फिचर) लागुऔषधसहित २३ जना पक्राउ जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुसको रोस्तोभमा आतंकवादी आक्रमणको प्रयास



अ+ अ-

मस्को । रुसको संघीय सुरक्षा सेवाले मुलुकको दक्षिणी रोस्तोभ क्षेत्रमा इस्लामिक आतंकवादी संगठन (आइएस)ले तयार पारेको आक्रमणको प्रयासलाई बिफल बनाइएको जनाएको छ ।


आइएसले प्रहरीमाथि आक्रमणको योजना बनाएको दाबी गरिएको छ । उक्त कार्यमा तीन जना रुसी नागरिक नै संलग्न रहेको संघीय सुरक्षा सेवाले बताएको छ ।

सुरक्षा सेवाले जारी गरेको वक्तव्यमा उक्त आक्रमणकारी समूहका नेता सुरक्षा कारबाहीमा मारिएको जनाएको छ । अरु दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रुसी अनुसन्धान संस्थाले उक्त घटनाका दोषीमाथि फौजदारी अभियोग दर्ता गर्नुका साथै थप अनुसन्धान कार्य अघि बढाएको छ ।