२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

छविको पत्र–‘शिल्पा जी मेरो अदालतमा आउनुहोस्, न्याय पाउनुहुन्छ’



अ+ अ-

नायिका शिल्पा पोखरेलले आफ्ना श्रीमान् छविराज ओझाविरुद्ध असुरक्षा भएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।

ओझा र पोखरेलबीच पछिल्लो समय खटपट भएको थियो । ओझाले पोखरेललाई केही समयदेखि कुटपिट गरिरहेका थिए । ओझाले कुटपिट गरेपछि पोखरेल आफन्तको घरमा गएर बस्न थालेकी थिइन् ।छबिले शिल्पा कसैको निर्देशनमा आफूविरुद्ध लागेको आरोप लगाएका छन् । ‘मेरो चरित्र पूरै चलचित्रकर्मी र चलचित्र उद्योगलाई थाहा छ । कानको जाली फुट्नु त के एक थप्पड समेत हानेको छैन’, उनले भने ।

ओझाले आफूले कुनै हिंसा नगरेको दाबी गरे । ‘हाम्रो ७३ सालमा बिहे भएको थियो र ६ महिना अघिमात्र बिहे दर्ता भएको थियो’ ओझाले भने, ‘ सामान्य विवादमा गत असार ८ गतेदेखि घरबाट निस्केर हिँडेकी थिइन् । अहिले उजुरी गरेको कुराले अचम्म लागेको छ ।’

स्रोतका अनुसार, पोखरेलले ओझासँग डिभोर्स मागेकी छन् । दुईले गोप्य रुपमा समस्या सुल्ट्याउन चाहेका छन् ।पोखरेल ओझाको चौथो श्रीमती बनेर ओझा निवास भित्रिएकी थिइन् । ओझा र पोखरेलले २०७३ सालको दशैंमा काठमाडौंको गोकर्ण रिसोर्टमा सुटुक्क लगनगाँठो कसेका थिए । लामो समय उनीहरुले आफ्नो बिबाहलाई लुकाए । तर, गत वर्ष मात्र निर्माता छविराज ओझाले आफूहरुले बिबाह गरिसकेको बताएका थिए ।

डिभोर्स नजिक पुगेका उनीहरु एक अर्कालाई उदाङ्गो बनाउन लागिपरेका छन् । एकले अर्कालाई दोष थोपरेर ३ बर्षको अन्तरालमा घर भित्र भएका गोप्य कुरा समेत मिडियामा सार्वजनिक भैरहेका छन् । यसैविच, शिल्पाले डिभोर्सका लागि फाइल गरिसकेको बताएपछि निर्माता छविराज ओझाले फेसबुकमा पत्र लेख्दै उनलाई मिल्नका लागि आग्रह गरेका छन् ।

छविले लेखेका छन्–‘मैले ५२ बर्षको उमेरमा ३ जना श्रीमतीसँग सम्बन्ध विच्छेद भैसकेपछि तपाईसँग जीन्दगी बिताउन सक्छु होला भनेर जिन्दगीका सबै कुरा संझौता गरेर बिहे गरेकी श्रीमती हो तपाई । छातीमा हात राखेर आज एकछिनलाई आफैलाइ नढाटी संझनुहोस् तपाइले लगाएका आरोपहरु कती सत्य छन् ? यदि, तपाई पनि आफूलाई सच्याएर अझै मेरो श्रीमती, तपाइले बिहे गर्ने बेलामा आश्वासन दिलाए जस्तै वुढेसकालको साहरा बन्न सक्नुहुन्छ भने म पनि मेरा कमजोरीहरु सच्याएर गान्धीवादी भएर बस्न सक्छु ।’

छविले शिल्पा आफूसँग बस्न नसक्ने भए एकपटकसँगै टेबलमा आएर कुरा गर्न समेत आग्रह गरेका छन् । उनले, आजसम्म कुनै पनि श्रीमतीलाई आफूले अन्यायमा नपारेको समेत लेखेका छन् । छविले अन्त्यमा लेखेका छन्–‘संसारको कुनै पनि अदालत तपाई जानु पर्दैन । छवि ओझाको अदालत सिधै आउनुहोस् । तपाइले न्याय पाउनुहुन्छ ।’

छविले शिल्पालाई अलग नै हुने भए पनि एकपटक आफूसँग आएर कुरा गर्न भनेका छन् । तर, शिल्पाले भने छविलाई वकिलसँग नै भेट गर्न भन्ने गरेको छविले उल्लेख गरेका छन् ।