६ असार २०८३, शनिबार
,
Latest
स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु धवल शमशेरलाई लिङ्देनले भने – पार्टी छाडेर गल्ती नगर्नुस् जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप फाइनल : इङ्ल्यान्डसामु जितका लागि २४२ रनकाे चुनाैती (अपडेट)



अ+ अ-

काठमाडौं । विश्वकप क्रिकेटको फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गरेकाे न्यूजील्याण्डले इङ्ल्यान्ड विरूद्ध ८ विकेटकाे क्षतिमा २४१ रन बनाएकाे छ ।

न्यूजील्यान्डका लागि हेनरी निकाेल्सले ५५ र टम लथमले ४७ रनकाे व्यक्तिगत इनिङ खेले पनि अरू ब्याट्सम्यान सस्तैमा अाउट भएका थिए ।

कसिलाे बलिङ र फिल्डिङ गरेकाे इङ्ल्यान्डका लागि क्रिस वाेक्स र लियाम प्लन्केटले समान तीन तीन विकेट लिएका थिए ।

जितका लागि २४२ रनकाे चुनाैती पाएकाे इङल्यान्डले ब्याटिङ शुरू गरिसकेकाे छ ।

अहिले क्रिजमा जाेनी बेयरस्टाे र जाे रूट रहेका छन् ।

लर्डसमा भइरहेको यस खेलमा यो पटक विश्वकपले नयाँ विजेता पाउनेछ । विश्वकप क्रिकेटमा अष्ट्रेलियाका सहायक प्रशिक्षकको भूमिका निभाएका रिकी पोन्टिङले इंग्ल्यान्डले नै विश्वकपको उपाधी जित्ने दाबी गरेका छन् ।

पोन्टिङले भनेका छन्– मलाई लाग्छ कि इंग्ल्यान्डले विश्वकप जित्नेछ । मैले विश्वकप सुरु हुनुअघि नै भनेको थिएँ की इंग्ल्यान्डलाई हराउन सजिलो छैन । मैले पहिले पनि विश्वकप जित्ने प्रमुख दाबेदार टिमको रुपमा लिएको थिएँ । अहिले पनि इंग्ल्यान्डले नै जित्छ जस्तो लागेको छ ।’

यो पटक इंग्ल्यान्डका खेलाडीमा राम्रो प्रतिभा भएको कारण उपाधि जित्न सक्ने पोन्टिङ बताउँछन् ।

विश्वकप क्रिकेटमा लगातार तीन ठूला टिमलाई जितेपछि घरेलु टोली इंग्ल्यान्ड फाइनलमा प्रवेश गरेको हाे ।पाँच पटकको च्याम्पियन अष्ट्रेलियालाई सेमिफाइनलमा ८ विकेटले पराजित गर्नुअघि इंग्ल्यान्डले लगातार भारत र न्युजिल्यान्डलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो ।इंग्ल्यान्ड चौथो पटक विश्वकप फाइनल खेल्दैछ भने न्युजिल्यान्ड दोस्रो पटक ।