६ असार २०८३, शनिबार
,
Latest
जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन एमालेसँग एकताको कुनै सम्भावना छैनः पूर्वप्रधानमन्त्री नेपाल संविधान र गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रतिवद्ध छौँः रवि लामिछाने आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौतम बुद्ध रंगशाला निर्माणको काममा फर्किन धुर्मुस–सुन्तली तयार



अ+ अ-

काठमाडौं । धुर्मुस–सुन्तली फाउन्डेशन चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणको काममा फर्किन तयार भएको छ ।

परियोजना सुचारु गर्नका लागि चितवन जिल्लाको तर्फबाट गठित सर्वपक्षीय ५ हजार १ सदस्यीय मुल सहयोग समितिको सचिवालय बैठकले रङ्गशाला निर्माणका लागि पटक पटक आह्वान गरेको तथा जिल्लाबाट वातावरण सहज भएको प्रतिवद्धता आएपछि काममा फर्किन लागेको फाउन्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले जनाएका छन् ।

उनले नेपाल र नेपालीलाई खेलकूदको माध्यमबाट चिनाउने राष्ट्रिय महत्वको विषय बनेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ सम्पूर्ण देशभक्त नेपाली नागरिकको गौरव र भावनासँग जोडिएको वृहत परियोजना रहेको बताए ।

आफूहरु निःस्वार्थ, राष्ट्रभाव र सामाजिक दायित्व बोध गरी आफ्ना सबै निजी लाभका विषयहरुलाई भन्दा देशको विकासलाई शिरोपर गरेर काममा लागरिरहेको उनले बताए ।

‘सबैको भावनालाई सम्मान गर्दै हरेक परियोजनाको नेतृत्व गरेका हौँ । हामीमा एउटै स्वार्थ छ, नेपाली भूमिमा सबैको साथ र सहयोगबाट निर्मित हाम्रो आफ्नै अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला हुनुपर्छ’, बिहीबार जारी गरिएको विज्ञप्तिमा कट्टेलले भनेका छन् ।

पछिल्लो समयमा सबैलाई खड्किएको र खेलाडीहरुले समेत बोध गरेको आफ्नै अन्तराष्ट्रिय रंगशाला निर्माणको आवाजलाई सम्बोधन गर्न हामीले यो रंगशालाको अवधारणा सार्वजनिक गरि कार्य आरम्भ गरेको उनले बताएका छन् ।

उनले विगतमा भएका जस्ता कार्य आगामी दिनमा नदोहोरियोस् भन्ने कामना समेत गरेका छन् । जे नहुनु थियो भयो । उनले भनेका छन्, त्यस गल्तीलाई सच्याउन त नसकिएला तर नदोहोरियोस् भन्ने कामना गर्दछौं, हामीलाई विश्वास छ त्यस्तो वातावरण फेरि नदोहोरिनेमा चितवन जिल्लावासीहरु समेत सजग भई प्रतिवद्ध रहनुहुनेछ ।

गत जेठ १५ गते रंगलाशाको बाहिरपट्टी लगाइएको बारमा स्थानीय केही व्यक्तिले डोजर चलाएर भत्काएपछि काम रोकिएको थियो । त्यसपछि धुर्मुस–सुन्तली काम छोडेर हिँडेका थिए ।

रंगशालाको बार भत्काइएपछि कुञ्जना घिमिरे ‘सुन्तली’ले दिएको अभिव्यक्तिको चर्को आलोचना भएको थियो । उनले रंगशाखाको बार भत्काउनेहरु ‘देशद्रोही’ हुन् भनेकी थिइन् ।बार भत्काउने कार्यमा संलग्न स्थानीय प्रकाश कँडेल लगायतका युवाहरु धरौटीमा रिहा भइसकेका छन् ।