६ असार २०८३, शनिबार
,
Latest
रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’ ऊर्जामन्त्रीद्वारा मस्र्याङ्दी विद्युत्गृह निरीक्षण रास्वपाको महाधिवेशनका दिन भरतपुरमा ट्रक प्रवेशमा रोक, वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन उदयपुरमा विद्यालय बस दुर्घटना एकको मृत्यु आगामी आर्थिक वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य शुरु हुने ललितपुरको ७.९ किलोमिटर चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गरिँदै, ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

तालिबानको नियन्त्रणमा रहेका ४० प्रहरी मुक्त



अ+ अ-

सिबरगञ्ज । अफगानिस्तानमा सशस्त्र हिंसा मच्चाइरहेको तालिबान लडाकू समूहले आफ्नो नियन्त्रणमा राखेका करिब ४० जना अफगान सुरक्षाकर्मीलाई सोमबार मुक्त गरिदिएका छन् ।

ती सुरक्षाकर्मीलाई नियन्त्रणमुक्त गर्ने तयारी उनीहरुले बिहान गरेको र अहिले मुक्त भएपछि उक्त क्षेत्रको सैनिक क्याम्पमा पुगेको जानकारी अफगानिस्तानको उत्तरी प्रान्त जवाजानका सैनिक प्रवक्ताले दिएका हुन् ।

उत्तरी सो प्रान्त जवाजानमा तालिबानहरुले नियन्त्रणमा राखेका ती सुरक्षाकर्मीहरुलाई नियन्त्रणमुक्त गर्नेगरी तयारी गरिएको जानकारी दिइएको थियो ।मुक्त गरिएकामा सबैजना प्रहरी रहेका उक्त प्रान्तका प्रान्तीय सैन्य प्रवक्ता अब्दुल हादी जमाले बताए ।

गएको दुई हप्तायता अफगानिस्तानका तालिबानहरुले आफ्नो नियन्त्रणमा रहेका सुरक्षाकर्मी नियन्त्रण मुक्त गरेको यो दोस्रो पटक हो । गत हप्तामात्र अघि पनि अफगानिस्तानका तालिबानले ४२ जना सुरक्षाकर्मी मुक्त गरिदिएका थिए । उनीहरुलाई पनि सोही प्रान्तबाट नै मुक्त गरेको थियो ।
उक्त प्रान्तको क्वास तेपा जिल्ला केही महिनाअघि तालिबानहरुले कब्जा गरेका थिए । त्यस क्रममा उनीहरुले ९० जना प्रहरीलाई आफ्नो नियन्त्रणमा राखेका थिए ।

आइतबार तालिबान र अफगानिस्तानको सरकारका प्रतिनिधिहरुबीच भेटवार्ता भएको थियो । त्यस वार्ताका क्रममा भएको सहमतिबमोजिम ती सुरक्षाकर्मीलाई नियन्त्रण मुक्त गरिएको हुनसक्ने अनुमान गरिएको छ ।
अफगानिस्तान सरकारले पनि केही महिना अघि करिब ९०० तालिबानलाई मुक्त गरिदिने घोषणा गरेको थियो । हाल अफगानिस्तान सरकार र तालिबानबीच शान्तिवार्ता चलिरहेको छ । शान्ति वार्ताको अघि भएका यी नियन्त्रण मुक्तिका समाचारहरुलाई एक सकारात्मक सन्देशका रुपमा लिन सकिन्छ ।