६ असार २०८३, शनिबार
,
Latest
मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन उदयपुरमा विद्यालय बस दुर्घटना एकको मृत्यु आगामी आर्थिक वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य शुरु हुने ललितपुरको ७.९ किलोमिटर चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गरिँदै, ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु युद्धविरामको समयमा पनि हेजबुल्लाह विरुद्धको अपे्रसन जारी राख्ने आइडिएफको दावी ‘नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्न सरकारले खेलेको भूमिका प्रशंसनीय छ’ हिलाम्मे खेतमा रोपिएका सपनाहरू -फोटो फिचर महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछः महामन्त्री बुर्लाकोटी अमेरिका र इरानबीच स्थायी सम्झौताका लागि ६० दिने समयसीमा शुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

डाइपरमा लुकाएर ५ सय ग्राम सुन तस्करी



अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट डाइपरमा लुकाएर ल्याइएको तस्करीको ५ सय ग्राम सुनसहित प्रहरीले एक जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङका लिलबहादुर बस्नेत रहेका छन् ।

आइतबार विशेष सुराकीका आधारमा काठमाडौं प्रहरी परिसर, टेकु र विमानस्थल सुरक्षा प्रहरी कार्यालयको संयुक्त अपरेशनबाट बस्नेत सुनसहित पक्राउ गरेको हो ।

शङ्का लागेर चेकजाँच गर्दा ट्राइपोटको बटममा सुन लुकाएको भेटिएपछि उनलाई पक्राउ गरिएको थियो । पक्राउ परेका बस्नेतको साथबाट २५–३० वटा ससाना सुन बरामद भएको प्रहरीले जनाएको छ।

उनी कतारको दोहामा तीन वर्ष वैदेशिक रोजगारीका क्रममा बसेर फर्किएका थिए । ‘फर्किने क्रममा एक जनाले डाइपर लगिदिनु भनेर निश्चित रकम दिने सर्तमा पठाएको उनले बयान दिएका छन्’, काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले भने, ‘हामीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं ।’

बोगटीका अनुसार डाइपरको बटममा ‘रिङ’ बनाएर उनले सुन ल्याएका थिए । थप अनुसन्धान भइरहेको बोगटीले बताए ।

उनले आफू निर्दोष रहेको प्रहरीसमक्ष बयान दिएका छन्। बस्नेतले कतारमा आफूसँगै काम गर्ने राम बस्नेतले फसाएको बताएका छन् ।

त्यस्तै नेपालमा उनलाई सुन ओर्सान सहयोग गर्ने थप २ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । तर, उनीहरूको नाम भने सार्वजानिक गरेको छैन्।

विमानस्थलको एक्सरेमा चेकजाँचका क्रममा दोहाबाटै आएका वीरबहादुर थारु पनि पक्राउ परेका छन् । भन्सार स्रोतका अनुसार उनको साथबाट करिब दुई सय ग्राम सुन बरामद भएको छ ।