६ असार २०८३, शनिबार
,
Latest
ऊर्जामन्त्रीद्वारा मस्र्याङ्दी विद्युत्गृह निरीक्षण रास्वपाको महाधिवेशनका दिन भरतपुरमा ट्रक प्रवेशमा रोक, वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन उदयपुरमा विद्यालय बस दुर्घटना एकको मृत्यु आगामी आर्थिक वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य शुरु हुने ललितपुरको ७.९ किलोमिटर चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गरिँदै, ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु युद्धविरामको समयमा पनि हेजबुल्लाह विरुद्धको अपे्रसन जारी राख्ने आइडिएफको दावी ‘नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्न सरकारले खेलेको भूमिका प्रशंसनीय छ’ हिलाम्मे खेतमा रोपिएका सपनाहरू -फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

गगनको प्रश्न : राष्ट्रवादी प्रधानमन्त्रीको घुँडामा कत्रो भ्वाङ पर्‍यो ?



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय फिर्ता लिएकोमा सरकारको आलोचना गरेका छन् ।

राष्ट्रियसभाको आइतबारको बैठकमा विनियोजिन विधेयक, २०७६ अन्तर्गत मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा थापाले भारतबाट आउने फलफूल र तरकारी मात्र होइन, नेपालबाट जाने चिया र अलैंचीबारे पनि हिसाव किताब होला भन्ने लागेको भए पनि पारीबाट आएको खोकीको मन्द आवाजले सरकार थला परेको बताए ।

सरकारले आवश्यक तयारी विना निर्णय गरेपछि काम सही भएकाले महंगो तरकारी खाएर होस् वा तिहुन विनाको भोजन खाएर होस्, सरकारलाई साथ दिन जनता तयार थियो भन्दै उनले भने, ‘लागेको थियो, सरकार आफ्नो निर्णयमा अडिरहने छ । विलम्ब नगरी भन्सार विन्दुमा पूर्वाधार बनाउनेछ ।’

प्रधानमन्त्रीको मान राख्न मास्क नलागाई हिँडेको र अब विषादी भएकै तरकारी खाइदिने भन्दै उनले भने, ‘प्रधानमन्त्रीलाई यति मात्र सोध्न बाँकी छ, तपाईंको राष्ट्रवादी खुट्टा देखिएकै थियो । घुँडामा कत्रो भ्वाङ पर्‍यो ?’