६ असार २०८३, शनिबार
,
Latest
ऊर्जामन्त्रीद्वारा मस्र्याङ्दी विद्युत्गृह निरीक्षण रास्वपाको महाधिवेशनका दिन भरतपुरमा ट्रक प्रवेशमा रोक, वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन उदयपुरमा विद्यालय बस दुर्घटना एकको मृत्यु आगामी आर्थिक वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य शुरु हुने ललितपुरको ७.९ किलोमिटर चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गरिँदै, ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु युद्धविरामको समयमा पनि हेजबुल्लाह विरुद्धको अपे्रसन जारी राख्ने आइडिएफको दावी ‘नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्न सरकारले खेलेको भूमिका प्रशंसनीय छ’ हिलाम्मे खेतमा रोपिएका सपनाहरू -फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व परराष्ट्रमन्त्री डा महत र म्यानमारका अन्तर्राष्ट्रिय सहयोग मन्त्री भेटवार्ता



अ+ अ-

  

काठमाडौँ, (रासस) – पूर्व परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र म्यान्मारका अन्तर्राष्ट्रिय सहयोग मन्त्री यु क्या तीनबीच आज म्यानमारको याङ्गुनमा भेटवार्ता भएको छ । उहाँहरुबीच दुई देशबीचको आपसी हित र सम्बन्धका साथै द्विपक्षीय सहयोग आदानप्रदानका विविध क्षेत्रका बारेका कुराकानी भएको थियो ।    
    
 नेपाल र म्यान्मारबीच सांस्कृतिक, धार्मिकलगायतका धेरै क्षेत्रमा समानता रहेको विषयमा उहाँहरुबीच कुराकानी भएको डा महतले बताउनुभयो ।    
    
 म्यान्मारमा ठूलो सङ्ख्यामा नेपालीभाषी नागरिकहरु बस्ने भएकाले नेपाली संस्कृति, परम्पराका साथै धेरै कुराहरुको आदानप्रदान र समानता रहेकाले दुई देशबीच मित्रवत् सम्बन्ध रहेको सो अवसरमा चर्चा गरिएको थियो ।    
    
 भगवान गौतम बुद्धको जन्मस्थल नेपालप्रति म्यान्मारका बौद्धमार्गी तथा सबै नागरिकको ठूलो आस्था र श्रद्धा रहेको आफूले पाएको जानकारी डा महतले दिनुभयो । उहाँहरुबीच द्विपक्षीय सहयोगको आदानप्रदानका साथै आगामी दिनमा सहयोगका धेरै क्षेत्रमा सहकार्य हुनसक्ने बारेमा पनि कुराकानी भएको थियो ।    
    
 सो भेटवार्तापछि यांगुनमा आयोजित गैरआवासीय नेपाली सङ्घको एशिया तथा प्रशान्त क्षेत्रको सातौँ बैठकको उहाँहरुले संयुक्त रुपमा उद्घाटन गर्नुभएको थियो ।    
    
 आजदेखि यांगुनमा शुरु भएको गैरआवासीय नेपाली सङ्घको एशिया तथा प्यासिफिक क्षेत्रीय सातौँ बैठक दुई दिन चल्ने छ । उक्त बैठकमा एशिया तथा प्रशान्त क्षेत्रका गैरआवासीय नेपाली सङ्घका नेता तथा प्रतिनिधिको सहभागिता छ ।    
–––