६ असार २०८३, शनिबार
,
Latest
‘नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्न सरकारले खेलेको भूमिका प्रशंसनीय छ’ हिलाम्मे खेतमा रोपिएका सुनौला सपनाहरू (फोटो फिचर) महाधिवेशनले नीति र नेतृत्वमा निखार ल्याउँछः महामन्त्री बुर्लाकोटी अमेरिका र इरानबीच स्थायी सम्झौताका लागि ६० दिने समयसीमा शुरु एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे पाराग्वेको पहिलो जित, बाहिरियो टर्की रु २२ लाख नगदसहित क्रिप्टो मुद्रा कारोबार गर्ने दुई जना पक्राउ सातै प्रदेशमा ‘ब्लु बस’ सञ्चालनको तयारी ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ६० हजार राजस्व संकलन पूर्वीय दर्शनलाई अनुसन्धानको मूल आधार बनाउनुपर्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिग मर्जर : ग्लोबल आइएमई र जनता बैंकबीच सहमति



अ+ अ-

काठमाडौं । ग्लोबल आईएमई बैङ्क र जनता बैङ्क एकआपसमा मर्जर हुने भएका छन् । आज राजधानिमा यी दुई बैङ्कले मर्जर समझदारी पत्रमा हस्ताक्षर गर्दै मर्जरको घोषण गरेका हुन् ।

असार १४ गते राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले बैंकका अध्यक्ष र सीईओहरुलाई बोलाएर मर्जरका लागि पार्टनर खोज्न निर्देशन दिएका थिए । गभर्नरले निर्देशन दिएको एक सातामै दुई वाणिज्य बैंकहरुले मर्जरमा जाने औपचारिक सहमति नै गरेका छन् ।

जनता बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षत्रीले राष्ट्र बैंकको योजना र अहिलेको आवश्यकतालाई ध्यान दिदै मर्जरमा जाने निर्णय भएको बताए ।

सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्र ढकाल र जनता बैंकका तर्फबाट अध्यक्ष केशव रायमाझीले हस्ताक्षर गरेका छन् ।मर्जरका लागि सेयर स्वामित्वको विषयमा भने निर्णय भइनसकेको बताइएको छ । मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत कुँवर रहनेछन् भने ग्लोबल आइएमईका कार्यबाहक सीईओ महेश ढकाल डेपुटी सीईओ हुनेछन् ।

मर्जरपछि बैङ्कको नाम ग्लोबल आईएमई नै रहने बहस चलेपनि संयुक्त बैङ्कको नाम के रहने भन्ने अहिलेनै यकिन नभएको कुँवरले जानकारी दिएका छन् ।