६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य स्थिर



अ+ अ-

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति तोला फाइन गुणस्तरको सुन ६५ हजार रुपैयाँमा कारोबार भएको जनाएको छ ।

तेजावी सुन प्रतितोला ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ । नेपाली बजारमा एकसाता याता सुनको मूल्य स्थिर रहेको छ । चाँदी भने तोलामा ५ रुपैयाँले घटेर ७ सय ३० रुपैयाँमा कारोबार भएको छ ।

व्यवसायीहरुका अनुसार अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा कुनै उतारचढाव देखिएको छैन । जसले गर्दा नेपाली बजारमा पनि मूल्य स्थिर रहेको छ ।