१ असार २०८३, सोमबार
,
Latest
बढ्दो मानव–हात्ती द्वन्द्वः न्यूनीकरणका लागि तत्काल प्रभावकारी परियोजना निर्माण गरी कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह र तिब्र विकास नै जनताको चाहना हाेः राष्ट्रपति पाैडेल प्रतिनिधिसभाः सांसदद्धारा हात्तीको आक्रमण, चिया निर्यात, साइबर सुरक्षालगायतका विषय उठान यार्सा उत्पादनमा ६० प्रतिशत गिरावट आयो, हिमाली अर्थतन्त्र सङ्कटमा छः सांसद बुढा झापामा जंगली हात्तीको वितण्डाः संसदमा सांसद डाँगीद्वारा सरकारको ध्यानाकर्षण लाङटाङको क्यान्जिन क्षेत्रमा पुग्यो केन्द्रीय प्रसारण लाइन स्वास्थ्य मन्त्री मेहता र जर्मन प्रतिनिधिमण्डलबिच शिष्टाचार भेट, स्वास्थ्य क्षेत्रमा सहयोग विस्तारबारे छलफल प्रतिनिधिसभाका ४ सांसदको समिति हेरफेर झुट्टा मुद्दा खारेज गरी युवाहरूमाथिको दमन रोक्न सांसद खतिवडाको माग सुस्तामा भारतीय एसएसबी प्रवेश गरेको विषयमा स्पष्ट धारणा सार्वजानिक गर्न राप्रपाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिकलसेल एनिमियाको औषधि अभाव



अ+ अ-

लमही । दाङमा सिकलसेल एनिमियाको औषधि अभाव भएको छ । औषधि नहुँदा बिरामी मारमा परेका छन् । विगत ५/६ महीनादेखि आफूहरूले औषधि नपाएको दाङ तुलसीपुरका सिकलसेल एनिमियापीडित जीतबहादुर चौधरीले बताउनुभयो । “५/६ महीना भयो, हामीले औषधि पाएका छैनौँ”, उहाँले भन्नुभयो, “अहिले दाङमा औषधि नपाउँदा भारत जानुपर्ने बाध्यता रहेको छ ।”

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले सिकलसेल एनिमियाका बिरामीलाई रु एक लाख बराबरको निःशुल्क औषधि वितरण गर्ने भनी सरकारले तोकेको छ । तर लामो समयदेखि औषधि नपाउँदा अहिले धेरै बिरामीले औषधि नखाएरै दिन कटाइरहेका छन् । औषधि दैनिक खानुपर्ने भए पनि औषधि नपाएपछि एक महीनादेखि औषधि नखाएर दिन कटाएको सिकलसेल एनिमियापीडित तुलसीपुर–११ मोतीपुर निवासी रुपा चौधरीले बताउनुभयो । “एक महीना भयो, औषधि नपाएको”, उहाँले भन्नुभयो, “अहिले औषधि नखाएरै दिन कटाइरहेकी छु ।”

औषधि नखाँदा हातखुट्टाका जोर्नी दुख्ने, शरीर दुख्ने हुँदा कुनै पनि काम गर्न नसकिने उहाँको भनाइ थियो । अहिले आफूले ‘फोलिकएसिड’ नियमित खाइरहेको भए पनि ‘हाइड्रिया’ औषधि खान नपाएको बताउनुभयो । अहिले दाङ र नेपालगञ्जमा औषधि नपाइने भएपछि भारतको रुपैडिहाबाट औषधि ल्याएर खाने गरेको सिकलसेलपीडित तुलसीपुर–११ निवासी शरद चौधरीले बताउनुभयो । “औषधिकै लागि दाङ र नेपालगञ्ज गएँ”, उहाँले भन्नुभयो, “दुवै ठाउँमा औषधि छैन, रुपैडिहा जानुपर्छ भनेर चिकित्सकले भन्नुभयो, अनि त्यही गएर औषधि ल्याएर खाने गरेको छु ।”

दाङमा ‘फोलिकएसिड’ भए पनि ‘हाइड्रिया’ नामक औषधि अभाव रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी चित्रकला अधिकारीले बताउनुभयो । “सिकलसेल एनिमिया रोगीले दुई औषधि खानुपर्छ”, उहाँले भन्नुभयो, “अहिले फोलिकएसिड नामक छ, तर हाइड्रिया नामक औषधि छैन ।”

अहिलेसम्म दाङमा १३५ जनाले नियमित औषधि लिइरहेको भए पनि औषधि अभावमा ती बिरामी प्रभावित भएको उहाँको भनाइ छ । प्रतिष्ठानमा नेपालगञ्जबाट सिकलसेल एनिमियाको औषधि आउने भए पनि पछिल्लो समय औषधि नेपालगञ्जमा नै अभाव भएपछि दाङले पनि अभाव खेप्नुपरेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले बताउनुभयो ।
दाङमा नियमित १३५ ले सिकलसेल एनिमियाको औषधि खाइरहेको भए पनि रोगीको यकिन पहिचान हुन नसकेको थारू स्वास्थ्यकर्मी समाज दाङका अध्यक्ष जीवराज चौधरीले बताउनुभयो । “सबै थारू समुदायका व्यक्तिले सिकलसेल एनिमियाको परीक्षण गराउनुभएको छैन”, उहाँले भन्नुभयो, “यसले गर्दा पनि अझै सबै व्यक्तिको यो रोग पहिचान हुनसकेको छैन ।”

यसका लागि दाङमा पनि सिकलसेल एनिमियाको जाँचका लागि परीक्षण गर्ने मेसिन भित्र्याउनुपर्ने उहाँको भनाइ छ । अहिले सिकलसेल एनिमिया जाँच गर्नका लागि नेपालगञ्ज, काठमाडौँलगायतका स्थानमा जानुपर्ने बाध्यता रहेको भन्दै यो सेवा दाङमै उपलब्ध गराएर जिल्लाभरका थारू समुदायको स्वास्थ्य परीक्षण गर्नुपर्ने बताउनुभयो । दाङमा एक लाख ३७ हजार थारू समुदायको जनसङ्ख्या भएको भन्दै यसको १५ प्रतिशतमा सिकलसेल भएको हुनसक्ने यसअघिको अध्ययनले देखाएको थियो ।
रोगीको पहिचानका लागि तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा मेसिन ल्याउने गरी आगामी आर्थिक वर्षको नीति बनाउने तुलसीपुर उपमहानगरपालिकाका प्रमखु घनश्याम पाण्डेले बताउनुभयो । साथै औषधि वितरणमा सहजता ल्याउनका लागि प्रदेश सरकारसँग समेत समन्वय भएको बताउनुभयो । यो रोग रगतको कमीले लाग्ने वंशानुगत रोग हो । प्रायः यो रोग थारू समुदायलाई लाग्ने गरेको छ ।




भर्खरै