२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ब्यारेकजस्तै बाँकेका सुरेन्द्र सिंहको घर
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमै बन्यो कार्यक्रम चलाउने रोबर्ट



अ+ अ-

काठमाडौं । ‘अनरेवल मिनिस्टर फर एजुकेसन, साइन्स एन्ड टेक्नोलोजी गिरिराजमणि पोखरेल यु आर वेलकम इन द इनागुरेसन सेरेमनी अफ साइन्स म्युजियम’ अतिथिहरुलाई सम्बोधन गर्ने क्रममा ड्यासमा उधिएकी मानवयन्त्र (रोबर्ट)ले जब यसरी सम्बोधन गरिन्, कार्यक्रममा उपस्थित सबै शान्त भएर सुन्न थाले ।

अतिथिहरुलाई एक एक गरेर नाम लिँदै मञ्चमा बोलाउन थालेपछि कानेखुसी गरेकाहरुको ध्यान पनि मञ्चतर्फ ने मोडियो । कार्यक्रम सञ्चालनमा खटिएकी थिइन्, हाक्पटासीमा सजिएकी फूलमाया ।

अतिथि मञ्चमा आएर नबस्दासम्म उनी पनि रोकिन्थिन् । सबै जना मञ्चमा आइपुगे । त्यसपछि फेरि उनैले एक एक नाम उच्चारण गर्र्दै अनुरोध गर्न थालिन्, मन्तव्यका लागि । अतिथिले भाषण नसक्दासम्म उनी पनि ध्यानपूर्वक सुनिरहन्थिन् । यो समाचार अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।