२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ब्यारेकजस्तै बाँकेका सुरेन्द्र सिंहको घर
तपाईं के खोज्दै हुनुहुन्छ ?

रासायनिक विषादी घट्दै, जैविकमा आकर्षण बढ्दै



अ+ अ-

काठमाडौँ । पाँच वर्ष अघि तरकारीमा विषादीको जाँच सुरु गर्दा बजार पुगेका तरकारीमा ९० प्रतिशतसम्म विषादी पाइयो । यो विषय सार्वजनिक भएपछि किसान उपभोक्त दुवै सचेत भए । विषादीको प्रयोगमा कमी आयो । जैविक विषादी प्रयोग बढ्न थाल्यो ।

अग्र्या्निक (प्राङ्गगारिक) तरकारी खेतीले माटो गुणस्तर सुधार हुन्छ । मूल्य पनि राम्रो पाइन्छ । स्वास्थ्यमा असर गर्दैन । त्यसकारण किसान रासायनिक मल तथा विषादीको प्रयोग नगरी अग्र्या्निक खेतीतर्फ अकर्षित हुन थालेका छन् । सरकारले पनि रासायनिक विषादीको साटो जैविक विषादीलाई प्राथमिकता दिएको छ ।

जैविक विषादी ठीक
कृषि मन्त्रालयअन्तर्गत विषादी व्यवस्थापन केन्द्रका बरिष्ठ बाली संरक्षण अधिकृत रामकृष्ण सुवेदी सरकार रासायनिक विषादीको प्रयोगलाई कम गर्ने र जैविक तथा वनस्पतिजन्य विषादीलाई प्रवद्र्धन गर्नेगरी काम गर्दै आएको गोरखापत्र दैनिक समाचार प्रकाशित छ ।