२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ब्यारेकजस्तै बाँकेका सुरेन्द्र सिंहको घर
तपाईं के खोज्दै हुनुहुन्छ ?

काखे छोरालाई छोडेर श्रीमान् विदेश गएका बेला….



अ+ अ-

काठमाडौं । विराटनगर रानीकी ३६ वर्षीया महिलाको जीवनमा भएको घटना कहालीलाग्दो छ। उनको विवाह २०५७ सालमा सर्लाहीको मलंगवामा भएको थियो। विवाहको २ वर्षपछि २०५९ सालमा काखे छोरा र उनलाई छाडेर श्रीमान् विदशे गए।

श्रीमान् विदेश रहेकै बेला छिमेकी सुरेन्द्र महतोले घरमै आएर जबर्जस्ती गरे। आफ्नै घरमा लगेर ५ वर्षसम्म बन्दी बनाएर राखे। बन्दी अवस्थामै उनले छोरासमेत जन्माइन्। २०६१ सालमा जन्मिएका छोरा १४ वर्षको भइसकेको छ तर जन्मदर्तासमेत हुन सकेको छैन।

मलंगवाका धनाढ्य परिवारका छोरा सुरेन्द्रले श्रीमती हुँदाहुँदै उनलाई घरमा बन्दी बनाएर राखेको उनले बताइन्। राजनीतिक आड पाएका सुरेन्द्रसँग गाउँका मान्छेसमेत डराउने गरेकाले आफूलाई कसैले सहयोग नगरेको उनले बताइन्। झुक्याएर श्रीमान्सँग समेत सम्बन्धविच्छेद गराइदिएको उनले बताइन्।

सुरेन्द्रले आफ्नो जीवन बर्बाद पार्दा पनि सर्लाहीको प्रहरी प्रशासन र सरोकारवाला निकाय मौन बसेको उनले बताइन्। माइतीमा बस्दै आएकी उनले शुक्रबार राष्ट्रिय मानव अधिकार आयोगले विराटनगरमा आयोजना गरेको महिला हिंसा न्यूनीकरण, मानव अधिकार संरक्षण एव नेपाल प्रहरीको जवाफदेहितासम्बन्धी कार्यक्रममा आफ्ना पीडा सुनाएकी हुन्। यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।