२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ब्यारेकजस्तै बाँकेका सुरेन्द्र सिंहको घर
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोर्नाडोको नामै जुराउनै सकस



अ+ अ-

काठमाडौं । गत चैत १७ गते बारा, पर्सामा आएको टोर्नाडोको नेपाली नाम जुटाउन विज्ञलाई सकस परेको छ । टोर्नाडो आएको एक महिना बितिसक्दा पनि त्यसको नाम राख्न विज्ञले सकेका छैनन् । के नाम राख्ने भन्ने विषयमा ठ्याक्कै नाम जुराउन गाह्रो भइरहेको नाम राख्ने कसरतमा रहेका विज्ञहरूले बताउनुभयो ।

टोर्नाडोको अवस्था मूल्याङ्कन तथा वास्तविक तथ्य पत्ता लगाउन अनुसन्धान गर्न गएको टोलीले समेत सही नाम हालसम्म जुटाउन नसकेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
“टोलीले रिपोर्ट बुझाएको छैन, त्यसका आधारमा नाम राखिन्छ,” विभागका महानिर्देशक सरजुकुमार वैद्यले थप्नुभयो, “रिपोर्ट आएपछि नामको पनि टुङ्गो लाग्ला ।”

आउँदो हप्ताभित्र रिपोर्ट आफूसमक्ष आउने र सुझाएका नामबारे छलफल गरी टोर्नाडोको नेपाली नाम राखिने उहाँले बताउनुभयो । टोलीले भने टोर्नाडोको असर तथा त्यसका विविध पक्षमा गरिएको अध्ययन लगभग अन्तिम चरणमा पुगेको जनाएको छ ।

विभाग सहित टोर्नाडो पत्ता लगाउने कार्यमा संलग्न स्मल अर्थ नेपाल, इसिमोड तथा प्राविधिक सहितको टोलीले टोर्नाडो आएको स्थानको स्थलगत अध्ययन गरेको थियो । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।