२५ जेष्ठ २०८३, सोमबार
,
Latest
सुनसरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते संसदको गतिरोध अन्त्यका लागि रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान, सिंहदरबारमा छलफल सुरू शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित ‘क्लासिक भ्यू रिसोर्ट’को व्यवस्थापनको जिम्मा ‘सोल्टी होटल्स एण्ड रिसोर्ट’ले लियो रविले बोलाएको सर्वदलीय बैठकलाई महेश बस्नेतले भने: सकारात्मक पहल रास्वपाले बोलाएको सर्वदलीय बैठकमा ४ दलका अध्यक्ष सहभागी भएनन् तनाव व्यवस्थापनका लागि विद्यार्थीलाई मानसिक स्वास्थ्य शिक्षा रास्वपा कञ्चनपुरमा विष्ट एसियन गेम्स छनोटको फाइनलमा आज नेपाल र हङकङ भिड्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ब्यारेकजस्तै बाँकेका सुरेन्द्र सिंहको घर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्चद्वारा वंशजको नागरिकता वितरणमा पुनः रोक



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले जन्मसिद्धका आधारमा नागरिकता पाएकाका सन्तानलाई वंशजको नागरिकता वितरणमा पुनः रोक लगाएको छ । सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मलता माथेमाको मंगलबारको इजलासले अल्पकालीन आदेशमार्फत वंशजको नागरिकता वितरणमा रोक लगाएको हो ।

यसअघिका आदेश कार्यान्वयनमा द्विविधा देखिएको भन्दै कानुनी प्रश्नको निरूपण पूर्ण इजलासबाट हुन आवश्यक र मनासिव देखिएको आदेशमा भनिएको छ । सर्वोच्चले पूर्ण इजलास (तीन वा तीनभन्दा बढी न्यायाधीश रहेको इजलास)बाट सुनुवाइ भई आदेश नभएसम्म गृह मन्त्रालयको परिपत्र कार्यान्वयन नगर्नरनगराउन भनेको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।