३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अरविन्द केजरीवालमाथि थप्पड प्रहार, भाजपाले आक्रमण गराएको आरोप



अ+ अ-

काठमाडौं । दिल्लीका मुख्यमन्त्री एवम् आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालमाथि थप्पड प्रहार भएको छ।

शनिबार रोड शोको क्रममा एक जना टीसर्ट लगाएका व्यक्तिले केजरीवालमाथि जीपको बोनटमा चढेर थप्पड हानेका थिए ।


उक्त कान्ड भाजपाले गराएको आम आदमी पार्टीले आरोप लगाएको छ ।

उसले ट्वीटरमा लेखेको छ, ‘यो अरविन्द केजरीवाललाई मात्र नभइ दिल्ली र यसको जनमतमाथिको आक्रमण हो । दिल्लीका जनताले १२ मेमा जवाफ दिनेछन् ।’