३१ जेष्ठ २०८३, आईतवार
,
Latest
डिभाइनका सगेन्द्र मिस्टर महानगर पेरुमा वामपन्थी राष्ट्रपतिको उम्मेदवार सान्चेजको पक्षमा विशाल प्रदर्शन ‘ड्यु प्रोसेस अफ ल’ पालना गर्न सरकारलाई काँग्रेस सभापति थापाको चेतावनी लागुऔषधसहित ३१ जना पक्राउ बजेटले मध्यम वर्गलाई राहत होइन, व्ययभार मात्र थप्योः सभापति थापा सुनितालाई घरमै नागरिकता युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले सगेन्द्र सिंह बने ‘मिस्टर महानगर २०८२’, काठमाडौं महानगरको दोस्रो संस्करण सम्पन्न लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री…
तपाईं के खोज्दै हुनुहुन्छ ?

आकाश हेर्दै गहुँ काट्दै



अ+ अ-

दैलेख । दैलेखका विभिन्न स्थानमा लगातार परेको असिना पानीले गहुँबालीमा क्षति पुगेपछि असिना नपरेका स्थानका किसान अहिले अलीअली बचेको गहुँबाली घर भित्र्याउन व्यस्त छन् ।

दैलेख र जाजरकोटको सिमानामा पर्ने जगनाथ र पगनाथका एक हजार बढी किसान असिना पानीबाट जोगाउन आकाश हेर्दै गहुँ काट्न व्यस्त भएका हुन् । गहुँ काट्ने, काटेको गहुँ मुठा पार्ने, मुठा पारेको गहुँ भारी बनाएर बोकेर घरमा ल्याउन उनीहरु तल्लिन छन् ।

बारीमा गहुँ काट्दै गर्दा एक्कासि असिना आइदिने हो कि भनेर आकाशतिर हेर्दै बाली काट्नुपर्ने बाध्यता छ । जगनाथ र पगनाथ क्षेत्रका किसानको मकै पछिको मुख्य बाली नै गहुँबाली रहेको छ । गहुँले किसानलाई तीन महीनासम्म जेनतेन धान्ने गरेको स्थानीय नेत्रबहादुर थापाले बताए ।