३१ जेष्ठ २०८३, आईतवार
,
Latest
लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

२०० किलोमिटर रफ्ताकारमा आँधी, नेपालीहरुलाई सचेत रहन आग्रह



अ+ अ-

काठमाडौं। बङ्गालको खाडीमा बनेको शक्तिशाली समुद्री आँधी फानीले भारतको ओडिशामा शुक्रवार बिहान प्रहार गर्दैछ। झन्डै २०० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढिरहेको समुद्री आँधीले प्रभावित पार्ने ठाँउका झण्डै ८ लाख मानिसलाई सुरक्षित स्थानतर्फ सारिन लागेको अधिकारीहरुले जनाएका छन् ।

आँधीको प्रभावले ओडिशा क्षेत्रमा वर्षा हुन थालेको छ । भारतीय मौसम विभागका अनुसार स्थानीय समयानुसार बिहान आठ बजेदेखि १२ बजेभित्र फानीले ओडिशा हान्नेछ।

त्यहाँ बिहीवार रातिदेखि विमान उडान र रेलसेवा एवं दुईवटा ठूला बन्दरगाह पनि बन्द गरिएको छ। भारतको आन्ध्र प्रदेश र तामिलनाडूमा उच्च सतर्कता अपनाइएको छ।

सन् २०१७ मा त्यस क्षेत्रमा आएको समुद्री आँधीका कारण २०० जनाको ज्यान गएको थियो। भारतीय जलसेनाले उद्धार र राहतकार्यका लागि सो क्षेत्रमा युद्धमा प्रयोग हुने सातवटा पानीजहाज, छवटा विमान र सातवटा हेलिकप्टर तयारी अवस्थामा राखेको छ।

सो आँधी नेपालनजिकै पूर्वोत्तर भारतबाट बाङ्ग्लादेशतिर जाँदै गर्दा नेपालमा समेत प्रभाव पर्ने हुँदा नेपालको मौसम पूर्वानुमान महाशाखाले सचेत रहन आग्रह गरेको छ । आँधीका कारण शुक्रवार दिउँसोदेखि पूर्वी र मध्य नेपालमा हावाहुरी आउने, चट्याङ पर्ने र वर्षा हुन सक्ने महाशाखाले जनाएको छ भने हिमाली भेगमा हिमपात पनि हुन सक्ने सम्भावना रहेको छ ।

सन् २०१४ मा आएको समुद्री आँधीको प्रभावले नेपालका हिमाली क्षेत्रमा ठूलो हिमपातहुँदा करिब ३५ जनाको मृत्यु भएको थियो भने चार सय जनाभन्दा बढीलाई जीवितै उद्धार गरिएको समाचार बीबीसीमा छ ।




भर्खरै