२२ जेष्ठ २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

१५ वर्ष कान्छा रोहमनको प्रेममा सुस्मिता सेन



अ+ अ-

याँ दिल्ली । कुनै बेलाकी बलिउडमा चर्चा रहेकी अभिनेत्री सुस्मिता सेनले आफ्ना प्रेमीसँगका तस्बिर सार्वजनिक गरेकी छन् । आजकल चलचित्रमा कम सक्रिय रहेकी ४३ वर्षीया सेन सामाजिक सञ्जालमा भने निकै सक्रिय देखिन्छिन् । अहिलेसम्म विवाह नगरे पनि उनका वैधानिक रूपमा दुई छोरी छन् ।

उनीहरूलाई अभिनेत्री सेनले धर्मपुत्रीको रूपमा पालेकी छन् । केही दिनअघि आफूभन्दा १५ वर्ष कान्छा प्रेमीसँगको फोटो सार्वजनिक गरेपछि सेनको बलिउडमा चर्चा चुलिएको छ । उनै प्रेमीसँग आगामी वर्ष विवाह हुने तयारी गरिरहेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन् ।

प्रेमी रोहमन सालसँगका तस्बिर सेनले इन्स्टाग्राममार्फत सार्वजनिक गरेकी हुन् । उनीहरू भ्रमणमा रहेका बेला रोमान्स गरिरहेका जस्ता देखिने तस्बिरहरू सार्वजनिक गरिएको छ ।

अभिनेत्री सेनले सन् १९९४ मा मिस इन्डिया युनिभर्सको उपाधि हात पारेकै वर्ष मिस युनिभर्सको ताज समेत पहिरिएकी थिइन् । उनले भारतका लागि अन्तर्राष्ट्रिय सुन्दरी प्रतियोगिता पहिलो पटक जित्दा उनका प्रेमी रोहमन तीन वर्षका मात्रै थिए ।