३१ जेष्ठ २०८३, आईतवार
,
Latest
वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेरोजगारी पैदा गर्ने शिक्षा होइन रोजगारी दिने शिक्षा ल्याउदै छौं : अध्यक्ष प्रचण्ड



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जीवन उपयोगी शिक्षामा विशेष जोड दिनुपर्ने बताएका छन् । अब बेरोजगारी पैदा गर्ने शिक्षालाई बिस्थापित गरेर रोजगारी दिने खालको शिक्षा ल्याउनुपर्ने बताए ।

बुधबार ललितपुरको श्री सिद्धिमङ्गल माध्यमिक विद्यालयको ६३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस एवं नयाँ भवन हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘आउने दिनमा शिक्षाको क्षेत्रमा बेरोजगार पैदान गर्ने होइन रोजगार पैदा गर्ने जनशक्ति उत्पादन गर्नुपर्छ ।’

व्यवहारिक, प्राविधिक र वैज्ञानिक शिक्षालाई बढाउँदै र सैद्धान्तिक शिक्षाको अनुपातलाई कम गर्दै लैजाने नीति लिएको सुनाउदै शिक्षामा आमुल सुधार गर्ने उद्देश्यले संसदबाट नयाँ विद्येयक प्रस्तुत भएको बताए ।