३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजतन्त्र फर्काउन खोज्नेलाई ठीक पार्छौ : मन्त्री बास्कोटा



अ+ अ-

काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले इतिहासले किनारा लगाएको राजतन्त्र फेरि सल्बलाए कानूनले ठीक पार्ने चेतावनी दिएका छन् ।

जिल्ला समन्वय समिति काभ्रेको तेस्रो जिल्लासभामा उनले उक्त कुरा बताएका हुन् । ‘ धर्मका नाममा आन्दोलनको नौटंकी भइरहेको छ, इतिहासले किनारा लगाएका तत्वहरु फेरि सल्बलाए भने कानुनले ठीक पारिन्छ’ उनले भने ।

उनले नेपालमा राजतन्त्र फर्किने सपना नदेख्न पनि आग्रह समेत गरे ।