३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेरी–बबई डाइभर्सनको मंगलबार प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने



अ+ अ-

सुर्खेत । नयाँ वर्षको सुरुवातसँगै भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ गर्ने कार्यक्रम तय भइसकेको छ । आगामी मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले सुर्खेतको भेरीगंगा नगरपालिकास्थित बाँध निर्माणस्थल चिप्लेमा औपचारिक रूपमा १२ हजार २ सय मिटर लामो सुरुङ ‘ब्रेक थ्रु’ गर्ने भएका छन् ।

भेरी–बबई डाइभर्सन बहुउदेश्यीय आयोजनाको सुरुङ खन्ने काम तोकिएको मितिभन्दा एकवर्ष अगाडि नै सकिएको हो ।

चीनको चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कम्पनीले सिँचाइ विभागसँगको सम्झौता अवधि भन्दा एकवर्ष अगाडि नै सुरुङ निर्माण गरेको हो। सम्झौताअनुसार आउँदो वर्षको (२०७६) चैत १५ गतेसम्ममा सुरुङ निर्माणको काम सम्पन्न गर्नुपर्ने थियो।अब सुरुङ खन्ने काम सकिएसँगै अब भेरी नदीको पानीलाई सुर्खेत र बर्दियाको सीमामा रहेको बबई नदीमा खसालेर विद्युत् उत्पादन र सिँचाइमा प्रयोग गर्ने काम थालिनेछ।

आयोजनाको बाँकी काम पनि समयमै सकिने अपेक्षा गरिएको छ। सुरुङ निर्माणको काम सकिएसँगै भेरीमा बाँध बाँध्ने र बबईमा विद्युत् उत्पादनका लागि आवश्यक प्रक्रिया सुरु गरिने आयोजनाले जनाएको छ।

चुरे क्षेत्रको पहाडमा १२ दशमलव २ किलोमिटर लामो सुरुङ खनिएको हो। अघिल्लो वर्ष (२०७४ं) कात्तिक २० बाट सुरुङ खन्ने काम सुरु गरिएको थियो। सुरुङ तयार भएसँगै अब बाँकी कामले पनि गति लिने आयोजनाका निर्देशक सञ्जिव बरालले बताए।

चिप्लेमा बाँध बनाएर सुरुङमार्फत प्रति सेकेण्ड ४० घनमिटर भेरीको पानी बबईमा खसाल्ने आयोजनाको लक्ष्य छ। बबईमा खसालिएको पानीबाट ४६ दशमलब आठ मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रशारण लाइनमा जोडिनेछ। यस्तै बबई नदीमा खसालिएको पानीबाट बाँके र बर्दियाको ५१ हजार हेक्टर खेतीयोग्य जग्गामा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यसमेत आयोजनाले लिएको छ।

बबईमा पावर हाउस र भेरी नदीको चिप्लेस्थित बाँध निर्माणको काममा लागि टेण्डरसमेत भइसकेको छ। पहिलो चरणमा सुरुङ निर्माण सम्पन्न भएपछि अब दोस्रो चरणमा विद्युत् उत्पादन गरेर राष्ट्रिय प्रशारणमा जोड्ने र तेस्रो चरणमा भेरीको पानीलाई सिँचाइमा प्रयोग गर्ने योजनासहित काम अगाडि बढिरहेको आयोजनाले जानकारी दिएको छ।