२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेक्स किन आवश्यक छ ? हेर्नुहोस् सेक्स नगर्दा देखिन सक्छ यस्ता समस्या !



अ+ अ-

काठमाडौं । तपाईले विभिन्न समयमा सुुन्दै आउनुभएको होला की नियमित यौनसम्पर्कले स्वास्थ्यमा फाइदा गर्छ भनेर । त्यो सत्य पनि हो । तर नियमित यौनसम्पर्क नगरे चाहीँ के हुन्छ । यौन विशेषज्ञहरुका अनुसार नियमित यौनसम्पर्क नगर्दा शरीरमा विभिन्न मानसिक र शारीरिक समस्या देखा पर्न थाल्छ ।

मानिसको यौन व्यवहार उसको स्वास्थ्यसँग जोडिएको हुन्छ । नियमित यौन क्रियाकलापमा सामेल भएको व्यक्ति र हुन नपाएको व्यक्तिबीचको व्यवहारमा निकै फरक हुन्छ । किनकी यौन सम्पर्क स्वास्थ्यको दर्पण पनि हो । यौनसम्पर्कलाई इन्कार गर्नु आफ्नै स्वास्थ्यसँग खेलवाड गर्नु भएको चिकित्सकहरु बताउँछन् ।

नियमित सेक्स नगर्ने व्यक्तिमा देखिन सक्छ यस्ता स्वास्थ्य समस्याः

तनाव
नियमित यौनसम्पर्क गर्न छोडेपछि देखिने पहिलो समस्या भनेको तनाव हो । यस्तो अवस्थामा सानो सानो कुराले पनि तनाव दिने विशेषज्ञहरुले बताएका छन् । एक अध्ययनले देखाए अनुसार जो व्यक्ति यौनसम्पर्कबाट टाढा रहन्छ त्यसले कुनै पनि सामान्य समस्या हल गर्न सक्दैन । किनभने यौनसम्पर्क गर्दा एडोर्फीन हर्मोन अर्थात आनन्द दिने हर्मोन निस्कासन हुन्छ जसले तनावलाई नियन्त्रण गर्न मद्धत गर्छ ।

डिप्रेशन
नियमित यौनसम्पर्क नहुँदा पुुरुषको साथ साथै महिलाहरुमा पनि डिप्रेशन देखिन्छ । ‘आर्काइव्स सेक्चुअल विहेवियर’को जर्नलमा प्रकाशित अध्ययन अनुसार मेलाटोलिन, सेरोटोनीन र अक्सिटोसिन जस्ता हर्मोनहरु पुरुषको बीर्यमा रहन्छ जो यौनसम्पर्क गर्दा महिलामा पुग्छ र महिलाको मुड बनाउन मद्धत गर्छ ।

रिसाहापन बढने
व्यस्त तालिकाका कारण यदि कुनै जोडिले यौनसम्पर्कका लागि समय निकाल्न पाएनन भने महिला वा पुरुष दुवैमा एक खालको रिस पैदा हुन्छ । र यसले दुईबीच दरार पैदा हुनसक्छ ।

यौन दुर्वलता
मियमित यौनसम्पर्क नगर्ने व्यक्तिमा यौन दर्वलता पनि देखिन सक्छ । सातामा कम्तीमा दुई पटक सेक्स गर्ने व्यक्तिमा नगर्नेको तुलनामा इरेक्टाईल डिस्फङसन ९यौन दुर्वलता० कम देखिएको एक अध्ययनको निश्कर्ष छ । किनभने यौनसम्पर्क पटक पटक गर्दा पेनाइल मसल्सको मजबुत हुन्छ ।

रोग प्रतिरोधी क्षमता कमजोर
सातामा कम्तिमा दुईपटक यौनसम्पर्क गर्दा उसको रोग प्रतिरोधक क्षमता ठीक रहन्छ । किनकी यसले आईजीएको लेभल बढछ जति कम यौनसम्पर्क नगर्नेमा हुने गर्छ ।