३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीर अस्पतालको ताला प्रहरीले बल प्रयोग गरेर खुलायो, आँगनमै बिरामी जाँच्दै डाक्टरहरु



अ+ अ-

काठमाडौं । आन्दोलनरत सरकारी डाक्टरहरुले वीर अस्पतालको ओपीडी कक्षमा लगाएको ताला प्रहरीले बल प्रयोग गरेर खुलाएको छ ।

सरकारी चिकित्सकहरु बिगत केही दिनदेखि समायोजनविरुद्ध अस्पताल नै बन्द गरेर आन्दोलनमा उत्रिएका थिए ।

वीर प्रशासनका अनुसार डाक्टरहरुले अस्पतालको आँगनमा बिरामी जाँच्न थाले पनि अत्यावश्यक बाहेकका अपरेसनको काम भने गरेका छैनन् ।

सरकारी चिकित्सक संघ (गोदान) का अध्यक्ष डा. दीपेन्द्र पाण्डेले शान्तिपूर्ण धर्नामा बसिरहेको बेला प्रहरीले धरपकड गरेको बताए । उनका अनुसार प्रहरीको बल प्रयोगबाट डा. सन्तोष राई सामान्य घाइते भएका छन् ।

सबै सरकारी डाक्टरहरु कर्मचारी समायोजन विधेयक,गैरकानुनी स्वास्थ्य सचिव नियुक्ती, चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिष्ठानका उपः कुलपति नियुक्ती र चिकित्सकका सेवा सुबिधाप्रतिको आन्दोलनमा छन् ।