३० जेष्ठ २०८३, शनिबार
,
Latest
सुदूरपश्चिम प्रदेशसभाः वार्षिक नीति कार्यक्रम पारित यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारीसाधान नियन्त्रणमा ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना, अटेर गरे कानुनी कारबाही हुने शिक्षित नागरिक बिना लोकतान्त्रिक, समुन्नत र आत्मनिर्भर राष्ट्र निर्माण सम्भव हुदैन: पूर्व राष्ट्रपति भण्डारी इप्पानको विधान संशोधन, सबै पदमा उम्मेदवार हुन पाउने व्यवस्था
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले सैन्य आक्रमणको योजना बनाइरहेको पाकिस्तानको दाबी



अ+ अ-

काठमाडौं । भारतले पाकिस्तानमाथि यही महिना सैन्य आक्रमणको योजना बनाइरहेको पाकिस्तानी विदेश मन्त्री शाह महमुद कुरैशीले आरोप लगाएका छन् । कुरैशीले आफ्नो मुलुकमाथि कुटनीतिक दबाब बढाउन भारतले आक्रमणको प्रयास गरिरहेको बताए ।

भारतीय विदेश मन्त्रालयका प्रबक्ता रभिस कुमारले भने पाकिस्तानसँग युद्ध उन्माद भएको प्रतिक्रिया दिएका छन् । । आतंकवादी संगठनलाई भारतमाथि आक्रमणका लागि उत्तेजित पार्न पाकिस्तानले यस्तो आरोप लगाएको उनको भनाई छ ।

भारत प्रशासित कश्मीरमा एक लडाकु समुहले गरेको आक्रमणमा दर्जनौं भारतीय सैनिकको ज्यान गएपछि दुबै मुलुकबीचको सम्बन्ध थप चिसिएको छ ।

सो घटनापछि भारतले पाकिस्तानी क्षेत्रमा हवाई हमला समेत गरेको थियो भने पाकिस्तानले सो हमलाको जवाफ स्वरुप भारतीय लडाकु विमान खसालेको थियो ।