३० जेष्ठ २०८३, शनिबार
,
Latest
अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान विभागले तय गर्‍यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक लागूऔषधसहित १३ जना पक्राउ उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

लगानीकर्ताहरुको आन्दोलनले उग्ररुप लियो, धितोपत्र बोर्डका कर्मचारी कार्यालयभित्रै थुनिए



अ+ अ-

काठमाडौँ । सेयर बजार विकास र बिस्तारका लागि भन्दै आन्दोलनको घोषण गरेको लगानीकर्ताहरुको एउटा समूहले नेपाल धितोपत्र बोर्डका एक जना कर्मचारी कार्यालयभित्रै थुनेका छन् । कार्यालयमा धर्ना दिन गएका समूहले मूख्य ढोकामा ताला लगाएर ढोकाकै अगाडि धर्नामा बसेका छन् ।

सेयर लगानीकर्ता दबाव समूहको टोली जावालाखेलस्थित बोर्डको कार्यालयमा बिहानै ताला लगाएर धर्नामा बसेको हो । धर्नाका कारण कर्मचारीहरु कार्यालयमा पस्न पाएका छैनन् । कुनै पनि कर्मचारीहरु कार्यालय प्रवेश गर्न नपाएपछि दैनिकको काम कारवाही प्रभावित बनेको छ ।

धर्नामा सहभागी लगानीकर्ताहरुका अनुसार बोर्डका अधिकारीहरुले अहिलेसम्म औपचारिक वा अनौपचारिक समस्या समाधान गर्न वार्तामा बस्न प्रस्ताव गरेका छैनन् ।

यसअघि नेपाल स्टक एक्सचेन्ज घेराउ हुँदै आमरण अनसनसम्म बसेको लगानीकर्ताहरुको उक्त समूहले आफ्नो पुरानै मागहरु अघि सार्दै गत फागुन २८ गते आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको थियो ।

समूहले आफ्नो मुख्य मागको रुपमा अर्थमन्त्रीको बर्खास्ती रहेको बताएको छ । अर्थमन्त्री डा. युवराज खतिवडा पुँजी बजार विरोधी भएको र उनको बर्खास्ती नभएसम्म सेयर बजारमा सुधार हुन नसक्ने भएकाले बर्खास्तीको माग अघि सारेको समूहले बताउँदै आएको छ ।