३० जेष्ठ २०८३, शनिबार
,
Latest
अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान विभागले तय गर्‍यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक लागूऔषधसहित १३ जना पक्राउ उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहमति पालना नगरेको भन्दै रविविरुद्ध मुद्दा हाल्ने तयारी



अ+ अ-

काठमाडौं । पछिल्लो समय चर्चामा रहेका पत्रकार रवि लामिछाने विरुद्ध फेरी अर्को आपत आइलाग्ने भएको छ । लामिछानेलाई ठगी गरेको मुद्दा दर्ता हुने भएको छ ।
न्युज २४ टेलिभिजन सिधा कुरा जनतासँग’ नामको कार्यक्रम चलाउँदै आएका लामिछानेले केही महिनाअघि पत्नी इशासँग सम्बन्धविच्छेद गरी अर्को विवाह गर्दा डिभोर्सअघि भएको सहमति पालना नगरेको भन्दै इशाले लामिछाने विरुद्ध मुद्दा हाल्ने तयारी गरेकी हुन् ।

इशाले डिभोर्सअघि अमेरिकास्थित घर खरिद गर्दा लागेको ऋण लामिछानेले तिरिदिने सम्झौता गरेको तर हाल उक्त ऋण नतिर्ने बताएपछि इशा कानूनी विकल्पमा जाने भएकी हुन् । पछिल्लो समय लामिछानेले ऋण नतिर्ने भन्दै सकेको गर्न चेतावनी दिने गरेको आरोप छ । इशाले लामिछाने लाई ठगी र चेक बाउन्समा मुद्दा लगाउने भएकी छिन् । उक्त मुद्दामा रविको गल्ती भेटिए जेलसम्म हुने प्रावधान रहेको छ ।

लामिछानेले कार्यक्रम सञ्चालन गर्ने टेलिभिजनबाटै आफूले अमेरिकाको घर इशालाई दिएको र ऋण पनि तिरिदिने घोषणा गर्दा रविले इशालाई बैंकको चेक दिएका थिए ।

तर चेकमा पैसा नभएको उनले बताइन् । हाल अमेरिकामा रहेकी इशा मुद्दा दर्ताका लागि छिट्टै नेपाल आउने भएकी छन् । इशाले नेपालमा रहेका विभिन्न पत्रकारसँग कुराकानी गर्दै दुःख समेत पोख्ने गरेकी छन् ।