२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापतिका दाबेदार मान्ने नेविसंघ सहमहामन्त्री घिमिरेको यस्तो चर्तिकला, कार्यकर्तामा खैलावैला



अ+ अ-

काठमाडौँ । प्रदेश र प्रतिनीधि सभाको निर्वाचनमा पार्टीलाई अन्तरघात गरेको आरोप लागेमा कारवाहीमा परेका सह-महामन्त्री प्रकाश घिमिरेलाई नेपाल विद्यार्थी संघको सभापतिमा मनोनित गर्ने भएका छन् । विद्यार्थी संघ र पार्टीभित्र चुनावमा अन्तरघात गर्नेलाई नै पार्टीले सभापति बनाउन थालेको भन्दै चर्चा चुलिएको छ ।

तत्कालीन अध्यक्ष नैनसिंह महरले माघ २८ गते राजिनामा दिएसँगै नेविसंघ नेतृत्व विहिन बनिरहदाँ पछिल्लो समय व्यक्ति पिच्छे नेपाली काँग्रेस पार्टीमा गुट–उपगुटको हाबी हुँदा संगठनको नेतृत्वमा पनि बिभिन्न विद्यार्थी नेताको चर्चा चुलिने क्रममा रहेको छ ।
२०७४ साल पौष २८ गते प्रदेश र प्रतिनीधि सभाको निर्वाचन पार्टीलाई गरेको भन्दै वडा अध्यक्ष दिरेप चौधरी सहित दर्जनौ नेता कार्यकर्तालाई कारवाहीको लागी सिफारीस गरेको हो । उक्त सिफारीसमा सह महामन्त्री घिमिरे पनि परेका थिए ।

निर्वाचनमा पार्टीका नेतालाई सहयोग गर्नुको सट्टा भित्र भित्रै अन्तरघात गर्ने सह-महामन्त्री घिमिरेलाई पार्टी सभापति शेर बहादुर देउवाले नेविसंघको जिम्मेवारी सुम्पीदा नेता कार्यकर्ता रुष्ट बन्दै अन्तरघाती नेताले संगठनलाई कसरी अगाडी बढाउला भनेर चिन्तीत बनेका छन् ।

निर्वाचनामा तत्कालिन एमाले र माओवादी पार्टीसंग लज्जास्पद हार ब्यहोरेको कांग्रेसले पार्टीका नेता कार्यकर्ताले अन्तरघात गरेको भन्दै छानबिन समित गठन गरेको थियो ।