२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जीसीने अवार्ड : रणवीर उत्कृष्ट नायक, दीपिका ‘पद्मावत’बाट उत्कृष्ट नायिका



अ+ अ-

मुम्बइमा मंगलबार बेलुका बलिउडका चर्चित सेलिब्रिटीहरुको उपस्थितीमा भव्य रुपमा ‘जीसीने अवार्ड’ आयोजना भएको छ । अवार्डको मुख्य विधामा गतबर्ष रिलिज भएको चलचित्र ‘पद्यमावत’ले बाजी मारेको छ ।

अवार्डमा उत्कृष्ट निर्देशकको अवार्ड चलचित्र ‘पद्मावत’बाट संजयलीला भन्सालीले जित्दा उत्कृष्ट नायिका पनि सोही चलचित्रबाट दीपिका पादुकोणले जितिन् । उत्कृष्ट नायकको लागि भने चलचित्र ‘सञ्जु’बाट रणवीर कपुर चुनिए ।

त्यस्तै, बलिउड चलचित्रमा लामो समयदेखि योगदान दिएको भन्दै नायिका हेमा मालिनीलाई अवार्ड प्रदान गरिएको थियो भने चलचित्र मार्फत् समाज परिवर्तनमा सहयोग गरेको भन्दै नायिका सोनम कपुरलाई अवार्ड दिइएको थियो ।

त्यस्तै उत्कृष्ट नायक सञ्जुबाट रणवीर कपुर बने, रणवीर सिंह पद्मावतबाट दर्शकको रोजाईबाट उत्कृष्ट नायक बन्न सफल भए ।

उत्कृष्ट सह अभिनेता खिपाव विक्की कौशलले सञ्जुबाट जिते । कट्रिना कैफले जीरोबाट उत्कृष्ट सह अभिनेत्रीको अवार्ड हात पारिन्

कसले कुन विधामा अवार्ड जिते, यहाँ उल्लेख गरिएको छ ।

उत्कृष्ट अभिनय – आयुश्मान खुराना

उत्कृष्ट डेब्यु अभिनेता – इशान खट्टर – धडक

उत्कृष्ट डेब्यु अभिनेत्री – जान्वी कपुर – धडक

उत्कृष्ट खलपात्र – तब्बु – अन्धाधुन

उत्कृष्ट हाँस्यकलाकार – कार्तिक आर्यन – सोनु के टिटु कि स्विटी

उत्कृष्ट गायक – यस्सेर देसाई – नौनो ने बाधी – गोल्ड

उत्कृष्ट गायिका – विभा सरफ र हर्षदीप कैर – दिलबारो – राजी

उत्कृष्ट डेब्यु निर्देशक – अमिर कौशिक – स्त्री

उत्कृष्ट करियोग्राफी – घुमर – पद्मावत

उत्कृष्ट संवाद – पंकज त्रिपाठी – स्त्री

उत्कृष्ट भिएफएक्स – जीरो




भर्खरै