३० जेष्ठ २०८३, शनिबार
,
Latest
अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान विभागले तय गर्‍यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक लागूऔषधसहित १३ जना पक्राउ उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्द समूहमाथि प्रहरी निगरानी बढ्याे, काभ्रेमा गोली हानाहान



अ+ अ-

काठमाडौँ — काभ्रेमा प्रहरी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा कार्यकर्ताबीच गोली हानाहान भएको छ ।

नेकपा समूहलाई नियन्त्रण गर्न गएको महानगरीय प्रहरी अपराध महाशाखा टोलीमाथि मंगलबार राति फायरिङ गरेपछि प्रहरीले पनि जवाफी फायरिङ गरेको हो । गोली हानाहान रोशी गाउँपालिकामा भएको भनिए पनि पुष्टि भइसकेको छैन । 

महाशाखाका एसपी केदार ढकालले घटनाबारे पूरै विवरण आइनसकेको बताए। उनले घटनामा प्रहरीतर्फ कुनै क्षति नभएको बताए। उनले भने, ‘घटनास्थल कुन ठाउँ हो भन्ने एकीन भएको छैन।’

महाशाखाका अनुसार नेकपाको गतिविधिबारे सूचना आएपछि प्रहरी टोली त्यहाँ पुगेको थियो। त्यसक्षेत्रमा महाशाखाका एसपी सोमेन्द्र राठौर र डिएसपी रुगम कुँवर नेतृत्वको टोली त्यहाँ पुगेको हो।
मुलुकमा हिंसात्मक गतिविधि बढाएको भन्दै गत फागुन २८ गते चन्द समूहका गतिविधिमा प्रतिबन्ध लगाउने सरकारले निर्णय गरेको थियो । त्यसयता सुरक्षा निकायले उसको गतिविधिमा निगरानी बढाएको छ ।