३० जेष्ठ २०८३, शनिबार
,
Latest
अमेरिका-इरान सम्झौता निकै नजिक गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान विभागले तय गर्‍यो जलविद्युत् आयोजनाको रोयल्टी निर्धारणको मुख्य सूचक लागूऔषधसहित १३ जना पक्राउ उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा मेघ गर्जनसहित वर्षा



अ+ अ-

काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश स्थानमा बदली रही पहाडी भू–भागका केही स्थानमा अपराह्नपछि मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

प्रिमनसुनको समय भएकाले अपराह्नपछि पहाडी भू–भागको मौसम प्रभावित भई मेघ गर्जनसहित हल्का वर्षा हुने महाशाखाका मौसमविद् विभुती पोखरेले बताए । उनका अनुसार प्रिमनसुनको विशेषता छोटो समय वर्षा हुने र उपत्यकाकै पनि एक ठाउँमा वर्षा हुने अर्को ठाउँमा नहुने हुन्छ । भारी वर्षा भने नहुने बताइएको छ ।

बुधबार देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी तथा मध्य पूर्वी क्षेत्र र पहाडी भू–भागका केही स्थानमा मेघ गर्जनसहित छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

त्यस्तै बिहीबार पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ । महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ११ दशमलव ५ डिग्री र अधिकतम तापक्रम २६ दशमलव शून्य डिग्री सेल्सियस छ । त्यस्तै जोमसोमको न्यूनतम तापक्रम सबै भन्दा कम २ दशमलव शून्य डिग्री सेल्सियस छ ।