२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना ‘बर्डफ्लु’ पुष्टि भएपछि ३८ हजार कुखुरा नष्ट कांग्रेसको क्रियाशील सदस्यता चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ यस वर्ष हिन्दुकुश क्षेत्रमा कम मनसुनी वर्षा तर जोखिम यथावत् प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीप्रति बधाई तथा शुभकामना व्यक्त काठमाडौँको कपन क्षेत्रमा भारी वर्षा अबको यात्रा विकास र समृद्धि नै होः सचेतक परियार किसानको पहुँचमा डिजिटल सेवा विस्तार गर्ने पचास लाख लागतमा सोलेडाँडामा पर्यटन पूर्वाधार निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

संगठनात्मक एकता टुंग्याउन प्रम ओली र प्रचण्डद्धारा नेपालसँग हारगुहार



अ+ अ-

काठमाडौँ । सत्तारुढ दल नेकपाले पार्टीको संगठनात्मक एकताको प्रस्ताव २ अध्यक्षका अतिरिक्त वरिष्ठ नेता माधव नेपाललाई पनि समेटेर तयार पार्ने निर्णय गरेको छ । पार्टी भित्र अध्यक्षद्धय केपी ओली र प्रचण्डमाथि नेताहरुको असन्तुष्ट बढेपछि माधव नेपाललाई पनि समेटन लागिएको हो ।

नेकपामा ३ जेठमा पार्टी एकता भए पनि अझै तल्लो कमिटीसम्म एकता भएको छैन । एकता प्रस्ताव र पछिल्ला निर्णयमा पार्टीभित्र छलफलको वातावरण नबनेको भन्दै शीर्ष नेताहरूले नै बाम्बार असन्तुष्टि जनाउन थालेका छन् ।

एकता प्रक्रियालाई चाढै टुंग्याउन अध्यक्ष ओली–दाहाललाई जिम्मेवारी दिएपनि काम हुन सकेको छैन् । संगठनात्मक एकता १० महिनासम्म पनि नभएपछि वरिष्ठ नेता नेपाल, खनाल, सचिवालय सदस्य गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले निरन्तर असन्तुष्टि जनाउँदै आएका छन् ।

पूर्वएमालेभित्र अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल पक्षको विवादले संगठनात्मक एकता प्रक्रिया अड्किएको थियो । पूर्वमाओवादी खेमामा भने विवाद नरहेकाले अध्यक्ष दाहालको निर्णय नै सर्वसम्मत जस्तै बन्दै आएको छ ।

असन्तुष्ट पक्षले यसमा चित्त नबुझाएपछि भने अब प्रस्ताव तयार पार्दा वरिष्ठ नेता नेपाललाई पनि छलफलमा सहभागी गराउन दुवै अध्यक्ष सहमत भएका छन् । बिहीबार असन्तुष्ट पक्षका नेता नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र सचिवालय सदस्य वामदेव गौतमसँग छलफलपछि यस्तो समझदारी बनेको हो ।

असन्तुष्टहरूले तत्काल पार्टी बैठक बोलाई एकता र सीके राउतसँगको सम्झौता तथा विप्लव माओवादीमाथिको प्रतिबन्ध लगाउने निर्णयमा छलफल गर्न माग गदै आएका थिए । बैठक बोलाउन दबाब दिन बुधबार असन्तुष्ट नेताले अध्यक्ष दाहालसँग भेट गरेका थिए ।

विप्लवको पार्टीमाथि सरकारले प्रतिबन्ध लगाउनुअघि पार्टीमा छलफल गर्नु उपयुक्त भए पनि तत्काल निर्णय गरिहाल्नुपर्ने परिस्थिति सिर्जना भएको प्रधानमन्त्रीले बैठकमा नेताहरूसँग ब्रिफिङ गरेका थिए