२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना ‘बर्डफ्लु’ पुष्टि भएपछि ३८ हजार कुखुरा नष्ट कांग्रेसको क्रियाशील सदस्यता चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ यस वर्ष हिन्दुकुश क्षेत्रमा कम मनसुनी वर्षा तर जोखिम यथावत् प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीप्रति बधाई तथा शुभकामना व्यक्त काठमाडौँको कपन क्षेत्रमा भारी वर्षा अबको यात्रा विकास र समृद्धि नै होः सचेतक परियार किसानको पहुँचमा डिजिटल सेवा विस्तार गर्ने पचास लाख लागतमा सोलेडाँडामा पर्यटन पूर्वाधार निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

देखाउने आँखा जोगाऔँ : मुख्यमन्त्री



अ+ अ-

दाङ । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले संसार देखाउने आँखाको स्वास्थ्यमा ध्यान दिनुपर्ने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिका–१ पवननगरको वीरेन्द्र मावि भ्यूडहर, सुनपुरमा भएको निःशुल्क स्वास्थ्य शिविरमा उहाँले आँखा शरीरको महत्वपूर्ण अङ्ग भएको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री पोख्रेलले महिलाले अझै पनि पाठेघरको रोग लुकाई राख्ने गरेका कारण पाठेघरको मुखमा क्यान्सर हुने गरेको भन्दै समयमै पाठेघर जाँच गरेर आफ्नो स्वास्थ्यलाई ध्यान दिनुपर्ने बताउनुभयो ।

त्यस अवसरमा मोतिविन्दुको शल्यक्रिया, महिलाको पाठेघरको क्यान्सर तथा मिर्गौला रोगको परीक्षणका लागि काठमाडौँसहित दाङका विभिन्न अस्पतालका चिकित्सकले स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइत, वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा ऋषिकुमार काफ्ले, उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।