२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना ‘बर्डफ्लु’ पुष्टि भएपछि ३८ हजार कुखुरा नष्ट कांग्रेसको क्रियाशील सदस्यता चार लाख ५७ हजार ३६६ जनाले अद्यावधिक गरे प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम म्याग्दीको रघुगङ्गा गाउँ यस वर्ष हिन्दुकुश क्षेत्रमा कम मनसुनी वर्षा तर जोखिम यथावत् प्रधानमन्त्री शाहद्वारा भारतीय समकक्षीप्रति बधाई तथा शुभकामना व्यक्त काठमाडौँको कपन क्षेत्रमा भारी वर्षा अबको यात्रा विकास र समृद्धि नै होः सचेतक परियार किसानको पहुँचमा डिजिटल सेवा विस्तार गर्ने पचास लाख लागतमा सोलेडाँडामा पर्यटन पूर्वाधार निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीबाट निर्वाचित वडाध्यक्षद्धारा कांग्रेसबाट मनोनित सदस्यमाथि कुर्सी प्रहार



अ+ अ-

बर्दिया । बर्दियाको मधुवन नगरपालिका–१ का वडाध्यक्ष पर्शुराम चौधरीले कार्यपालिका सदस्य धनवीर परियारमाथि कुर्सी प्रहार गरेका छन् ।वडाका सामाजिक परिचालिका हटाइएको विषयमा विवाद भएपछि वडाध्यक्षले कार्यपालिका सदस्य धनवीरमाथि आक्रमण गरेका हुन् ।

फागनु २४ गते नारी दिवसको अवसरमा वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा कार्यपालिका सदस्य धनवीरले काम गरिरहेका सामाजिक परिचालिका हटाइएको भन्दै आपत्ति जनाएका थिए ।

२७ गते कार्यपालिकाको बैठक डाकियो । बैठक सकिनै लाग्दा पुगेका परियारले आफू नगर प्रमुख गणेश केसीसँग छलफल गरिरहेका बेला वडाध्यक्ष चौधरीले एक्कासी कुर्सी प्रहार गरेको बताए।

वडाध्यक्ष चौधरीले धनवीरमाथि कुर्सीनै प्रहार गरेपछि नगर प्रमुख केसीले छुट्याएका थिए ।

वडाध्यक्ष चौधरी तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित भएका हुन भने परियार सोही वडाबाट नेपाली कांग्रेसका तर्फबाट मनोनित कार्यपालिका सदस्य हुन् ।