२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप अधिकारका लागि सङ्घर्ष गरौँ–महिला नेत्री



अ+ अ-

काठमाडौँ । विभिन्न राजनीतिक दलका नेत्री तथा महिला सांसदहरुले प्राप्त अधिकारलाई संस्थागत गर्दै थप अधिकार प्राप्तिका लागि सम्पूर्ण महिला एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ ।

१०९औँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को सन्दर्भमा यहाँ आज आयोजित साक्षात्कारमा सांसद उमा रेग्मीले राज्यका हरेक संरचनामा व्यावहारिक रुपमा महिलाको समान सहभागिताको माग गर्नुभयो । “८ महीनासम्म एउटा बलात्कारी किन पक्राउ परेन रु सरकारले नचाहेको हो, नसकेको होइन”, सांसद रेग्मीले भन्नुभयो । ‘लैङ्गिक समानताका लागि समान सोच र व्यवहारः समृद्धको आधार’ भन्ने मूलनाराका साथ आज देशैभरी विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ ।

कार्यक्रममा राष्ट्रिय जनता पार्टीकी महामन्त्री तथा सांसद चन्दा चौधरीले पछिल्ला केही वर्षमा महिला आन्दोलनको उपलब्धि देखिए पनि त्यो प्रर्याप्त हुन नसकेको गुनासो गर्नुभयो । उहाँले आरक्षण ३३ प्रतिशतको बाध्यकारी नियमले मात्रै महिलाको सहभागिता बढेको उल्लेख गर्दै स्थानीय निकायमा प्रमुख जति सबै पुरुष र उपप्रमुखजति सबै महिलालाई दिइएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।

नेकपाकी नेत्री तथा सांसद शान्ता चौधरीले निर्मला हत्याकाण्डका अपराधी पत्ता लगाउनु सरकारको प्रमुख मुद्दा भएको बताउँदै बलात्कारी पत्ता लाग्नेमा शङ्का नगर्न आग्रह गर्नुभयो ।




भर्खरै