२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
१२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’
तपाईं के खोज्दै हुनुहुन्छ ?

साढे दुई महिना न्यूज च्यानल नहेर्नूस् !



अ+ अ-

यदि तपाई आफ्नो नागरिकता बचाउन चाहनुहुन्छ भने न्यूज च्यानल हेर्न बन्द गरिदिनुहोस् । यदि तपाई लोकतन्त्रमा एक जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्न चाहनुहुन्छ भने न्यूज च्यानल हेर्न बन्द गर्नुहोस् ।

यदि बालबालिकालाई साम्प्रदायिकताबाट बचाउन चाहनुहुन्छ भने न्यूज च्यानल हेर्न बन्द गर्नुहोस् । यदि तपाईँ भारतमा पत्रकारितालाई बचाउन चाहनुहुन्छ भने न्यूज च्यानल हेर्न बन्द गर्नुहोस् ।

न्यूज च्यानल हेर्नु भनेको आफ्नै पतन हेर्नु हो । म तपाईँहरुसँग अपिल गर्छु कि तपाईँ कुनै पनि न्यूज च्यानल नहेर्नूस् । टेलिभिजन सेटमा पनि र मोबाइलमा पनि न्यूज च्यानल हेर्न छोडिदिनुस् । आफ्नो दिनचर्याबाटै न्यूज च्यानल हेर्ने कुरालाई हटाइदिनुस् । निर्धक्क भन्छु, मलाई पनि नहेर्नूस् तर न्यूज च्यानल हेर्न बन्द गर्नूस् ।

जे कुरा तपाई यसबेला न्यूज च्यानलमा हेर्नुहुन्छ, त्यो सन्की संसार हो । उन्मादको संसार हो । यी च्यानलको स्वभाव वा प्रकृति नै यस्तै भैसकेको छ । यो पहिलो पटक भएको होइन ।

तनाव पैदा गर्दैछन् न्यूज च्यानल

जब पाकिस्तान र भारतबीच तनाव हुँदैन, न्यूज च्यानलहरु मन्दिरको विषय उचालेर तनाव पैदा गर्छन् । जब मन्दिरको तनाव हुँदैन न्यूज च्यानलले ‘पद्मावती’ चलचित्रको विषय उचालेर तनाव पैदा गर्छन् ।

जब कुनै चलचित्रका विषयमा तनाव वा विवाद हुँदैन, न्यूज च्यानल कुनै झुटो विषय बनाएर हिन्दू–मुसलमानबीच तनाव पैदा गर्छन् । जब केही विषय नै हुँदैन त नक्कली विषयमा भएको सर्भेमा घण्टौ कार्यक्रम गर्छन् । जसको कुनै मतलब नै हुँदैन ।

के तपाईले केही मेसो पाइरहनुभएको छ?, यो सब किन भैरहेको छ ? के तपाई नागरिकका रुपमा टेलिभिजन च्यानलमा नागरिकलाई देखिरहनु भएको छ ?। यी च्यानलले नागरिकलाई हटाइदिएका छन् । नागरिकका मुद्दालाई कुल्चिदिएका छन् ।

न्यूज च्यानलमा नागरिकका सवाल छैनन् । च्यानलकै सवाललाई नागरिकको सवाल बनाइँदै छ । यो त्यति जटिल विषय पनि होइन कि तपाईँहरुले बुझ्दै बुझ्नुहुन्न । मानिसहरु च्यानल बटार्दै जहाँ–जहाँ पुगे पनि आफूलाई कहिँ कतै पाउँदैनन् ।

युवाका विषय प्राथमिकतामा छैनन्

न्यूज च्यानलमा युवाका कैयौँ मुद्दाले ठाउँ नै पाउँदैनन् । तर समाचार च्यानलहरु युवाहरुलाई आफ्नै प्रश्न जबरजस्ती थोपर्दैछन् । च्यानलले यी बनावटी प्रश्न कहाँबाट प्राप्त गर्छन्, त्यो तपाईँलाई थाहा हुन पर्छ । यिनीहरु जे गर्छन्, सबै तनाव पैदा गर्नका लागि गर्छन्, जसले एउटा नेताका लागि बाटो बनाउने काम गर्छ, उनको नाम हो प्रधानमन्त्री नरेन्द्र मोदी हो ।

प्रोपोगाण्डा फैलाउँदैछन्

तपाईँ एक नेतालाई मन पराउनुहुन्छ । यो स्वभाविक पनि हो र धेरै हदसम्म आवश्यक पनि हो । तर त्यही कुराको लाभ उठाएर न्यूज च्यानलले जे गर्दैछन्, त्यो निकै खतरनाक छ । बीजेपीकै जिम्मेवार समर्थकलाई पनि सही सूचनाको आवश्यकता पर्दछ ।

सरकार र मोदीको भक्तिमा प्रोपोगाण्डा पस्कनु ती समर्थकको अपमान पनि गर्नु हो । आज न्यूज च्यानल केवल सामान्य नागरिकको मात्रै अपमान गरिरहेका छैनन्, बीजेपी समर्थकको पनि अपमान गर्दैछन् ।

बीजेपी समर्थक पनि टाढै बसून्

म बीजेपी समर्थकलाई अपिल गर्छु कि तपाईँहरु पनि यी च्यानल नहेर्नूस् । तपाईँहरु भारतको लोकतन्त्र समाप्त पार्ने पक्रियामा नलाग्नूस् । के तपाईँहरु यी निरर्थक च्यानलबिना नरेन्द्र मोदीको समर्थन गर्न सक्नुहुन्न र रु के नरेन्द्र मोदीको समर्थन गर्न पत्रकारिताको पतनलाई पनि समर्थन गर्नुपर्ने आवश्यकता छ र रु यदि त्यसो गर्नुहुन्छ भने तपाईँ एक इमान्दार राजनीतिक समर्थक हुनुहुन्न ।

न्यूज च्यानलले तपाईँको नागरिकतामाथि आक्रमण गर्दैछन् । लोकतन्त्रमा मानिस नागरिक हावामा बन्दैनन् । कुनै भौगोलिक प्रदेशमा जन्मदैमा तपाईँ नागरिक बन्नुहुँदैन । त्यसका लागि तपाईँले नागरिक हुनुको कर्तव्य पनि पालना गर्नुपर्छ । यो कुरा न्यूज च्यानलमा पाइँदैन ।

झुटो नाराबाट देशभक्ति

टीभी च्यानलले जुन भारत देखाउँदैछन्, त्यो हाम्रो भारत होइन । त्यो त नक्कली भारत हो । देशप्रेमको अर्थ हामी सबै आ–आफ्नो काम उच्च आदर्श र मानकको हिसाबबाट गर्नु हुन्छ । अहिले त झुटो सूचना र विश्लेषणमाफर्त देशभक्ति पस्किने काम भएको छ । तपाईँसँग भएको देशभक्तिको प्राकृतिक च्यानललाई न्यूज च्यानलले कृत्रिम च्यानल बनाइदिएका छन् । ताकि तपाईँ एक मुर्दा रोबोट बन्नुहुनेछ ।

हिन्दी अखबार पनि नपढ्नूस्

अखबारको अवस्था पनि त्यस्तै नै छ । हिन्दी अखबारले पाठकको हत्याको सुपारी लिएका छन् । गलत तथा कमजोर सूचनाका आधारमा आम पाठकको हत्या भैरहेको छ । अखबारका पाना पनि राम्रोसँग हेर्नूस् ।

हिन्दी अखबारलाई उठाएर घरबाट फ्ँयाक्दिनूस् । एकदिन अलार्म लगाएर सुत्नूस् । उठेर हकरलाई भन्दिनूस्, ‘भाइ, चुनावपछि मात्रै अखबार लिएर आउनू ।’

विपक्ष बन्ने सम्भावना समाप्त

यो सरकार तपाईँ सही सूचना प्राप्त गरी सक्षम नागरिक बन्नुहोस् भन्ने चाहँदैन । च्यानलहरु त विपक्ष बन्ने सम्भावना समाप्त भएको छ । यदि तपाईँ सरकारको आलोचक बन्न सक्नुहुन्न । भने तपाईँ समर्थक पनि बन्न सक्नुहुन्न । होसमा सपोर्ट गर्नु र इन्जेक्सन दिएर सपोर्ट गराउनु अलग–अलग कुरा हुन् ।

पहिलोमा तपाईँको आफ्नो स्वाभिमान झल्किन्छ । दोस्रोमा तपाईँको अपमान । के तपाईँ आफू अपमानित भै न्यूज च्यानल हेर्न चाहनुहुन्छ । यसकै माध्यमबाट सरकारलाई समर्थन गर्न चाहनुहुन्छ रु च्यानल गलत सूचना र सीमित सूचनामा आधारित रहेका छन् । प्रश्न र सूचनाबिना लोकतन्त्र सम्भव छैन ।

सत्य र तथ्यको सम्भावना समाप्त

सत्य र तथ्यका हरेक सम्भावना समाप्त पारिएको छ । म हरेक दिन पब्लिकलाई धकेलिरहेको देख्छु । न्यूज च्यानल पब्लिकलाई मध्यरेखामा लगेर राख्न चाहन्छ । जहाँ राजनीति आफ्नो बबण्डर मच्चाइरहेको हुन्छ । राजनीतिक दलबाट बाहिर रहेका कुनै मुद्दा बाँकी नै छैन भन्दा पनि हुन्छ । अझै उनीहरु कति मुद्दाको पर्खाइमा रहेका छन् ।

च्यानलहरु आफ्नो सम्पर्कमा आएका मानिसहरुलाई आम मानिसका विरुद्धमा प्रयोग गर्दैछन् । तपाईँहरुको हारको अर्थ यिनीहरुको जित । तपाईँको गुलामी नै यिनीहरुको जित हो । यिनीहरुको पञ्जाबाट कोही पनि सजिलै निस्कन सक्दैन । तपाईँ एक दर्शक हुनुहुन्छ ।

तपाईँ एक नेतालाई समर्थन गर्नका लागि पत्रकारिताको पतनको समर्थन नगर्नूस् । केवल साढे दुई महिनाको कुरा हो । न्यूज च्यानल हेर्न बन्द गरिदिनूस् ।

रवीश कुमारको ब्लगबाट अनूदित




भर्खरै